११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि आयोग विघटनविरूद्ध सर्वोच्चमा रिट दायर, २५ गते पेसी तोकियो



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध रिट दायर भएको छ। गत मंगलबार सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो। आयोग विघटन संवैधानिक र कानुनी दुवै हिसाबले नमिल्ने तर्क गर्दै अधिवक्ता प्रवेश केसीले आज (शुक्रबार) रिट दायर गरेका हुन्। 

संविधानको धारा ३७ र ४० मा आवास र भूमिहीन दलितसम्बन्धी हक रहेको र ती हकको उद्देश्य प्राप्त नहुँदै आयोग विघटन गर्न नमिल्ने तर्क गर्दै केसीले रिट दायर गरेका छन्। 

रिट निवेदन दर्ता भई साउन २५ गते पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। केसीको रिट निवेदनमा भूमि आयोगका पदाधिकारी कानुनबमोजिम हटाउन मिल्ने तर आयोग नै भने विघटन गर्न नमिल्ने उल्लेख छ ।