१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस अस्वीकार गर्ने ट्राफिक प्रहरी पुरस्कृत



अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारवाहीका क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने ३६ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने गरी पुरस्कार दिइएको छ । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्नका लागि अन्य प्रहरीलाई प्रेरणा मिलोस् भनेर महाशाखाले उक्त अभियान थालेको जनाइएको छ ।

सोही क्रममा ४९ चालकलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको थियो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले नियम उल्लङ्घनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रष्ट पार्नुभयो । 

“खराब प्रवृत्ति बोकेका, घुष दिन खोज्ने चालकलाई दैनिक जसो पक्राउ गर्दै आइएको छ, त्यस्ता चालकलाई कुनै पनि बहानामा छुट हुने छैन, बरु अझै कडाईका साथ अघि बढाइने छ”, भट्टराईले भन्नुभयो । 

आम सवारी चालकलाई ट्राफिक नियमको पूर्णपालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । गत आवमा घुस बापत रु ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।