२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रीको मासु बिक्री गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खसीको मासु भनेर बाख्रीको मासु विक्रि गर्ने चार जनलाई कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज विहान पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् । उनिहरुलाई शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।