२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईको नतिजा आजै आउने, यसरी हेर्न सकिनेछ नतिजा



अ+ अ-

काठमाडौं । एसईईको नतिजा आजै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज शनिबार सार्वजनिक गर्न लागेको हो । 

कोरोना महामारीको कारण यसवर्षको एसईईको परिक्षाफल विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधाररमा प्रकाशन  गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालय काठमाडौंले एसईई परीक्षा २०७७ को नतिजा परिक्षा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।

परीक्षाफल जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१, इजी सर्भिस प्रालि ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलमार्फत १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । 

यस्तै प्ररिक्षाफल निम्न वेभसाइटमा गएर पनि हेर्न सकिनेछ । 

ww.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np  www.ekantipur.com,  www.ricell.axiata.com