७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

लामो बिदा: विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

लामो बिदा:  विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए
फाईल फोटो
अ+ अ-

टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो विदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ ।

“पढाइमा छोरी राम्रै थिइन, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना विदामा गाउँ गयौँ”, सम्झनाकी आमा रत्ना विकले भन्नुभयो, “अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्ष नयाँ लाग्न थालेको छ ।” उहाँले शिक्षकको सल्लाहमा छोरीले बिर्सेका कुरा अध्ययनका लागि अतिरिक्त कक्षा सुरु गरेको बताउनुभयो ।

लामो समय बालबालिका विदामा बस्दा पहिले पढाइ भएका अधिकांश कुरा बिर्सने गरेको शिक्षक बताउँछन् । दसैँ तिहारको एक महिना बिदापश्चात् यही कात्तिक १४ गतेदेखि विद्यालय पुनःसञ्चालन भएका छन् । विद्यालय आउँदा बालबालिकाले धेरै कुराहरु बिर्सेको सेतिमैया चौधरी माविका प्रधानाध्यापक पतिराम चौधरी बताउनुहुन्छ ।

“बालबालिका बिदामा किताबबाट टाढा रहे, घरमा पढ्ने वातावरण भएन, अधिकाँशले पहिला पढेका कुरा बिर्सिएको पाइयो”, उहाँले भन्नुभयो, “अब पहिला पढेका कुरा पुनः सम्झाउने काम भइरहेको छ । साना कक्षाका बालबालिकामा यस्तो समस्या बढी पाइयो ।”

मल्लिका विद्यापीठ टीकापुरका प्रधानाध्यापक टीकाराम आर्यको पनि यही गुनासो छ । हाल उहासँग आश्रममा चार विद्यार्थी बस्दै आउनुभएको छ । घरमा बस्दै आएका अन्य विद्यार्थी विद्यालय आउँदा पहिले पढाइ भएका धेरै कुरा बिर्सेर आएको र आफूसँगै आश्रममा बस्दै आएका विद्यार्थीको त्यस्तो समस्या नभएको उहाँ बताउनहुन्छ ।

“बिदामा पनि बालबालिकालाई नियमित पढ्न लगाउनुपर्छ, विदामा बालबालिका कितावबाट टाढा रहेकाले यस्तो समस्या देखिएको हो”, उहाँ भन्नुहुन्छ, “यसरी महिनौँसम्म नपढेपछि साना बालबालिका बिर्सिन्छन् ।”

जानकी गाउँपालिका–७ स्थित मोति मावि मोतिनगरका प्रधनाध्यापक दीपक दास यसको सबै अपजस शिक्षकमाथि आउने गरेको दुखेसो गर्नुहुन्छ । “विद्यालयमा हुँदा शिक्षक र घरमा रहँदा अभिभावकले ध्यान दिने हो, आफ्नो जिम्मेवारी महसुस गर्ने हो भने विद्यार्थीमा यस्तो कमजारी देखिँदैन”, उहाँ भन्नुहुन्छ, “तर अभिभावकले खासै बालबालिकालाई समय दिएको देखिँदैन । एक महिनामा बालबालिका अधिकांश पढेका कुरा बिर्सेर आउँछन् ।”

बिदाका समयमा विद्यार्थी नियमित पठनपाठन क्रियाकलपाबाट टाढा हुने हुँदा यस्तो बेला घरमा अभिभावकले निगरानी गरी विभिन्न शैक्षिक क्रियाकलापमा व्यस्त राख्न सके बालबालिका पठनपाठनमै व्यस्त हुन्छन् र नबिर्सने हुन्छन् । अब विद्यालयमा बालबालिकालाई पहिलेका कुरा सम्झने गरी दोहो¥याएर पढाउँदा केही हदसम्म पहिले पढाइ भएका कुराहरु सम्झन सक्ने जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाइ छ ।

“लामो विदापछि विद्यालयले बालबालिकाको पढाइ सुधारका लागि दोहो¥याएर पढाउनु पर्छ”, उहाँ भन्नुहुन्छ, “बिदामा गृहकार्य दिएको हुन्छ, अभिभावकले दिएको गृहकार्य गर्न सघाउने गरेको भए पनि सहज हुन्थ्यो ।”

हरके वर्ष वर्षे, हिउँदे र दसैँ बिदामा लामो समय विद्यालय बन्द हुन्छ । विद्यालय बन्दपश्चात् विद्यालयमा पुनः पठनपाठन हुँदा विद्यार्थी पहिले पढाएका धेरै कुरा बिर्सेर आउने भएकाले लामो विदाबारे पनि सोच्न आवश्यक रहेको अभिभावक बताउँछन् । कतिपय स–साना बालबालिकाहरुलाई त झन् शुन्यबाटै शुरु गर्नुपर्ने शिक्षकको गुनासो रहेकाले विदाका समयमा घरमा अभिभावकले ध्यान दिन सके यो अवस्था नआउने शिक्षकको सुझाव छ ।

विदाको समय कसैको सामान्य, कसैको सिर्जनशिल

लामो विदाको यो समय कैलालीका मावि तहमा अध्ययनरत बालबालिकाले सामान्य तवरले मनाएका छन् भने कसैले सिर्जनात्मक काममा खर्च गरेका छन् । विद्यार्थी सिजर्नशिल हुन्छन् । उनीहरुका लागि रहेक समय सिर्जनात्मक हुनु आवश्यक छ । कैलालीका केही विद्यार्थीले दसैँ तिहार विदाको एक महिनाको समय सिर्जनात्मक बनाएका छन् भने केहीले सामान्य रुपमा मनाएका छन् ।

पढाइको रफ्तार चलिरहेका बेला एक महिन बिदा हुँदा विद्यार्थीलाई विद्यालयले गृहकार्य दिने तथा घरमा पढ्नका लागि समय निकाल्न सुझाएका हुन्छन् । कक्षा १० मा अध्ययनरत महेश साउँदले दसैँ तिहार विदामा पढ्नमै समय विताउनुभयो । ‘‘पढ्ने विद्यार्थीका लागि एक महिना पर्याप्त हो । मैले पढाईमा मात्र ध्यान दिए”, उहाँ भन्नुहुन्छ, “घरबाट बाहिर जान अनुमति थिएन, त्यसैले घरमै बसेर पढाइमा ध्यान दिए ।”

वीरेन्द्र विद्या मन्दिरमा अध्ययनरत रीतिका शाहले बिदाको समय पढाइसँगै नयाँ सीप सिक्ने, घरको काममा सघाएर बिताउनुभयो । “मैले घरको काम सिके, भान्सामा नयाँ परिकार बनाउन सिके”, उहाँ भन्नुहुन्छ, “पढाइमा पनि ध्यान दिए, पेन्टिङ गर्न, चित्र बनाउन सिके । यो समय मेरा लागि सिर्जनशील रह्यो ।”

लामो समयसम्म पढाइ लेखाइबाट टाढा रहँदा, सिर्जनात्मक काम नगर्दा पढाइप्रतिको रुचि घट्न सक्छ । त्यसैले बिदाको समयलाई हरेक विद्यार्थीले सिर्जनात्मक बनाउनुपर्छ । बिदाको समयमा कोही विद्यार्थी पढाइ र नयाँ कुरा सिकाइमा व्यस्त रहन्छन् भने कोही पूरा समय खानपान र घुमफिरमा बिताउँछन् । कक्षा १० मै अध्ययनरत प्रकृति बोगटीले पनि घरको काम, अभिभावकलाई पसलको काममा सघाउने, नयाँ सीप सिक्ने गरी समय सदुपयोग गर्नुभयो ।

“घरको काम सिके, पसलको काममा सघाए, यसपटक रक्षा धागो बनाउन सिके”, उहाँले भन्नुभयो, “तिहारमा पकाइने परिकार बनाउनसमेत सिकेकी छु ।”

अङ्कित तिमिल्सिनाले पनि पसल र घरको काममा सघाउने, आफ्नो पढाइलाई समय दिनुका साथै रमाइलो गरी बिताउनुभयो । जनजागृति मावि सितापुरमा कक्षा ९ मा अध्ययनरत रविना परियार र रेखा परियारले पनि पढाइमै केन्द्रित भएर बिदाको सदुपयोग गरे । बिदाको समयमा विद्यार्थीले पढाई सुधारका साथै सामाजिक कार्य, सिर्जनात्मक सीप सिक्न सक्ने भएकाले शिक्षकले समेत त्यहीअनुसार गर्न सुझाव दिने र गृहकार्य दिने गरेको त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत बताउनुहुन्छ ।

“हामीले बालबालिकालाई सामाजिक कार्यमा सक्रिय हुन सिकाएका हुन्छौँ, नयाँ सीप सिक्न, जस्तै नृत्य सिक्न, गीत गाउन, रमाइला कार्यक्रममा सहभागी हुन सक्छन्”, उहाँ भन्नुहुन्छ, “विद्यार्थीलाई पढ्न प्रेरित गर्नुका साथै सामाजिक जिम्मेवारी पनि सिकाउन आवश्यक छ ।” रासस