२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा भारतलाई नीरजले दिलाए पहिलो स्वर्ण



अ+ अ-

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक्समा भारतले पहिलो स्वर्ण पदक जितेको छ । नीरज चोपडाले भारतलाई ‌ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक दिलाएका हुन् । 

ज्याब्लिन थ्रोमा चोपराले शनिबार भारतलाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले ८७.५८ मिटर थ्रो गर्दै भारतलाई स्वर्ण दिलाए । उनले दिलाएको पदकसँगै टोक्यो ‌ओलम्पिकमा भारतको पदक संख्या ७ पुगेको छ । यो भारतले जितेको अहिलेसम्मकै धेरै पदक हो । यसअघि भारतले २०१२ को लन्डन ओलम्पिकमा ६ पदक जितेको थियो ।

नीरज भारतलाई व्यक्तिगत स्पर्धामा ओलम्पिक स्वर्ण पदक दिलाउने दोश्रो भारतीय खेलाडी पनि बनेका छन् । यसअघि सुटिङ्का अभिनब बिन्द्राले स्वर्ण पदक दिलाएका थिए ।