२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले कहिले गर्छन मन्त्रिपरिषद् विस्तार, नेपाललाई के भने यस्तो !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै एक हप्ता मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् । प्रधानमन्त्री देउवाले माधव नेपाल समूहलाई सहभागी गराएरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । 

प्रधानमन्त्री देउवा माधव पक्षलाई पनि सहभागी गराएरमात्रै सरकारलाई पूर्णता दिने पक्षमा पुगेका हुन् ।  देउवाले नेपाललाई फोन गरेर सरकारमा सहभागी हुनको लागि आग्रह गर्दै एक हप्तासम्म कुर्न सक्ने जानकारी गराएका हुन् । 

प्रधानमन्त्री देउवानिकट उच्च स्रोतकाअनुसार आज विहानमात्रै देउवाले नेता नेपाललाई फोन गरेका छन् । नेपाल पक्षले पार्टी एकतामै जोड दिने निश्कर्ष निकालेपनि देउवा भने विश्वासको मत दिएकाले गुन तिर्ने तयारीमा जुटेका हुन् ।  

नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरुले तत्काल पार्टी विभाजनमा जान नहुने र एकताकै पक्षमा जोड दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका केहि नेताहरुले भने कुनैपनि हालतमा सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् ।  

आज विहान प्रधानमन्त्री देउवाले नेता नेपालसँग फोनवार्ता गरेरमा नेता नेपालले  आफूले नेताहरुसँग सल्लाह गरेर मात्रै जवाफ दिने भनेका थिए ।