२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सर्यो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आइतवार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । भोलीका लागि बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक एक दिनपछि सारिएको हो ।  

एमालेले पार्टी एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलिसम्म अल्टिमेटम दिएकाले बैठक पर्सी सरेको हो।

नेपाल पक्षले एमाले मिलाउन ओलीले निर्णायक कदम चाल्नुपर्ने भन्दै आइतबारसम्मको अल्टिमेटम दिँदै बताएको थियो। 

शनिबार ललितपुरमा बसेको नेपाल पक्षीय जनवर्गीय संगठनको कार्यक्रमलाई पनि सम्बोधन गर्दै नेता नेपालले भोलिसम्म ओलीले निकास नदिए आफूले थप कदम चाल्ने बताएका छन्। 

नेपाल पक्षको अल्टिमेटमबीच एमालेको बैठक २५ गते दिउँसो ३ बजेसम्मलाई सारिएको हो। बैठक सोमबार ११ बजे बस्ने भएको छ । 

बैठकमा विधानबारे छलफल गर्ने कार्यतालिका छ। त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ। 

एमालेले पार्टीको विधान संसोधनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति बनाएको छ।