२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगबाट बाहिरियो एट्लेटिको, युरोपा समेत खेल्न नपाउने



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड आफ्नो समूहको अन्तिम स्थानमा रहँदै बाहिरिएको छ ।

गएराति समूह चरणको अन्तिम खेलमा पोर्चुगीज क्लब एफसी पोर्टोसँग २–१ ले पराजित हुँदै छनोट चरणबाटै बाहिरिएको हो ।

एट्लेटिको च्याम्पियन्स लिग इतिहासमा पहिलोपटक समूहको अन्तिम स्थानमा रहँदै बाहिरिन पुग्यो । योसँगै उसले यो सिरिजनको युरोपा लिग पनि खेल्न नपाउने भएको छ ।

घरेलु मैदान स्टेडियो डो ड्रगाओमा खेलको पाँचौं मिनेटमै मेहदी तारेमीको गोलबाट पोर्टोले अग्रता लिएको थियो । २४ औं मिनेटमा स्टेफेन एस्ताकियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

थप गरिएको समयमा इभान मार्कानोले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा सकियो । यो जितसँगै ६ खेलमा १२ अंक जोडेको पोर्टोले समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान बनायो ।