७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्नु गलत: आयुक्त भण्डारी(भिडीयोसहित)

सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्नु गलत: आयुक्त भण्डारी(भिडीयोसहित)
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले सरकारीसम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ ।

निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतीको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहीता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरुले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताउनु भयो ।सरकारी सम्पतीको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहेपनि साधनश्रोत प्रयोगलाई आचारसंहीताले रोकेको बताउनु भयो । उहाँले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पतीको प्रयोग गर्न आचारसंहीतामा नै रोकिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पालिकाको मेयर कुनै एउटा पार्टीको रहेछ भने उहाँले आफ्नो पालिका भित्र आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको सन्दर्भलाई लिएर प्रचारप्रसार गर्न पाउनुहुन्न । अन्यत्र जान पाउनुहुन्छ । त्यसरी प्रयोग गर्दा पनि पदीय हैसियतले जोजो सरकारमा आसिन हुनुहुन्छ । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जो जो आसिन हुनुहुन्छ, उहाँहरुले पदीय हैसियतले प्राप्त गर्नुभएको जुन सेवासुविधाहरु छन्, त्यो सबै अलग्ग राखेर व्यक्तिगत हिसावले तपाई जान पाउनुहुन्छ । सरकारी सम्पतीको दुरुपयोग गर्न पाइँदैन ।

सरकारी सम्पती प्रयोग गरेर पार्टीको प्रचारप्रसार गर्न पाइँदैन । किनभने एउटा पार्टीको त्यहाँ निर्वाचित पदाधिकारीको हैसियतले त्यो सम्पतीको दुरुपयोग गर्दा सँगै प्रतिष्पर्धी अर्कोले त्यो सम्पती त प्रयोग गर्न पाउँदैन । त्यसबाट वञ्चित हुन्छ । जसकारण समान र स्वच्छ स्तरको प्रतिष्पर्धा नै हुन सक्दैन । त्यसैले कसैले पनि सरकारी सम्पतीको दुरुपयोग गरेर प्रचारप्रसार गर्न पाउँदैन । सबै पदाधिकारीले सरकारबाट पाउने वा स्थानीय तहबाट पाउने, प्रदेश सरकार, संघीय सरकारबाट पाउने सबै सेवा सुविधा अलग्गै राखेर व्यक्तिगत हैसियतले प्रचारप्रसार गर्न पाउनुहुन्छ । जान सक्नुहुन्छ र सरकारी सम्पतीको दुरुपयोग गरेर प्रचारप्रसार गर्न पाइँदैन ।’

निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहीताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने विश्वास आयोगले लिएको बताउनु भयो ।