२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हरायो



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सुपर १२ अन्तर्गत श्रीलंकाले जित निकालेको छ । ब्रिस्बेनको द गाबा स्टेडियममा भर्खरै सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

श्रीलंकाका धनञ्जय डी सिल्भा ४२ बलमा ६६ रनसहित अविजित रहे । कुशल मेन्डीसले २७ बलमा २५, भानुका राजापाक्षले १४ बलमा १८ रनको योगदानी दिए । अफगानिस्तानका राशिद खान र मुजीब रेहमानले दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले २४ बलमा २८, उस्मान घानीले २७ बलमा २७ रन, इब्राहिम जाड्रानले १८ बलमा २२ रन जोडे ।

श्रीलंकाका वानिन्दु हसरांगाले ३ विकेट लिए भने लाहिरु कुमाराले दुई तथा कासुन रजिथा र धनञ्जय डी सिल्भाले एक–एक विकेट लिए ।