२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको साझा कार्यक्रम सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।  सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा आज  सिंहदरबारमा  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने भएको हो । 

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएपनि कार्यक्रम सार्वजनिक भने गरिएको छैन ।

कार्यदल संयोजक पूर्णबहादुर खड्काले बिहान १० बजे बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गरेर साझा कार्यक्रम सार्वजनिक गर्ने समय र स्थान निश्चित गरिने बताए ।

कार्यदलका एक जना सदस्य रमेश लेखकले भने मन्त्रिपरिषद बैठकबाट साझा कार्यक्रम स्वीकार गरेको भनेर सैद्धान्तिक निर्णय गरेर सार्वजनिक गर्दा राम्रो हुने सुझाव आफूले कार्यदल संयोजक खड्कालाई दिएको जानकारी दिए ।

साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको नेताहरु बताउँछन् । 

कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।