१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोल नयाँ फिल्म ‘एक्स ९’मा अनुबन्धित



अ+ अ-

काठमाडौं । अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’मा  अनुबन्धित भएका छन् । 

शनिवार काठमाडौंको मेरियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बताइएको छ ।  

यो फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा रहेको थियो । निषेधाज्ञाअघि नै दुई पक्षबीच मौखिक सहमति भएपनि कागजी सम्झौता भने हुन सकेको थिएन । अनमोलले आउँदो जनवरीबाट फिल्मको सुटिङ थाल्नेछन् । 
 
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले लेखेका हुन् । 

नेपालसँगै यूरोप, दुबईको आबुधाबी र क्यानडामा खिचिने फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहने बताइएको छ । 

निर्माण टिमले फिल्मका लागि भिलेनको भूमिकामा बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको बताएपनि उनीसँग कागजी सम्झौता भने भइसकेको छैन ।