२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष यादवले बोलाए जसपाको केन्द्रीय समिति बैठक



फाइल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्को साताका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएका अध्यक्ष यादवले  आगामी भदौ १ र २ गतेका लागि बैठक बोलाएका हुन् ।

बालकुमारीस्थित पार्टी कार्यालयमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ ।

तत्कालिन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएपछि एक पटक पनि बस्न नसकेको बैठक यादवले आधिकारिकता पाएसँगै बोलाइएको हो ।