५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछः प्रधानमन्त्री देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गर्नुभएको छ । उहाँले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पु¥याउँदै आएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत नेपालीहरूको महान् चाड तिहार–२०७९, नेपाल संवत् ११४३ को आरम्भ, म्हपूजा तथा किजा पूजाको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

तिहारको अवसरमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक नाचगानले हाम्रो समाजमा शान्ति, सद्भाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् । औँसीको रातमा झिलिमिली बत्ती बाल्दै घर आँगन उज्यालो तुल्याउने कार्यले हामी सबैलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने उहाँले बताउनुभएको छ । यस अवसरमा प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म पाँच दिनसम्म अत्यन्त हर्ष र उल्लासका साथ मनाइने यमपञ्चकको रूपमा समेत चिनिने यस पर्वका अवसरमा मानव समाजका लागि उपयोगी काग, कुकुर, गाई, गोरुलगायत पशुपन्छीका साथै कार्तिक कृष्ण अमावास्याका दिन धन र ऐश्वर्यकी देवी लक्ष्मीको विधि विधानपूर्वक पूजा अर्चना गरी साँझमा घर–आगनमा दीपावली गरी देउसी भैलो खेल्दै नाँचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

कार्तिक शुक्ल द्वितीयका दिन दिदीबहिनीद्वारा दाजुभाइको पूजा गरिनुका साथै एक आपसमा फलफूल, मिठाइ, मरमसलालगायत कोसेली र दक्षिणासमेत प्रदान गरी शुभकामना आदान–प्रदान गरिन्छ । यसैगरी नेवार समुदायमा यसै अवसरमा साँझमा म्हः पूजा गर्ने परम्परा छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण कायमै रहेको र डेङ्गी रोगको प्रकोपको जोखिम अझै रहिरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित दीपावली पर्व मनाउन सबैलाई अनुरोध गर्नु भएको छ ।

उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच एक आपसमा प्रेम, सांस्कृतिक सद्भाव र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै तिहार पर्व २०७९ को पुनीत अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।