४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

मानवताका लागि ‘नेपथ्य लाइभ कन्सर्ट’

मानवताका लागि ‘नेपथ्य लाइभ कन्सर्ट’
अ+ अ-

काठमाडौँ । नेपालका मुख्य १० सहरमा मानवता लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ ।

एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा देशका १० प्रमुख सहरहरूमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको हो ।

मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न तथा आपत्कालिन अक्षयकोष स्थापनका लागि कन्सर्ट आयोजना गरिएको प्रमुख संस्थापक÷अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।

मानवसेवा आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । हेटौंडा, चितवन र बुटवलमा निर्माण सम्पन्नको चरणमा पुगेको छ । आश्रमको शाखा रहेका अन्य सहरहरू सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एबं भवन निर्माण शुभारम्भको चरणमा रहेको छ ।

हाल निर्माणाधीन भवनहरूको निर्माण कार्य सम्पन्न गरी आश्रमले देशभरमा करिब दुई हजार ५०० लाई संरक्षण गर्न सक्ने क्षमता विकास गर्ने योजना आश्रमको छ ।

विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि समर्पित हुने लक्ष्य छ । सोही लक्ष्य प्राप्तिका लागि यसपटक भने नेपथ्यसँगको सहकार्यमा लाइभ कन्सर्ट गर्न लागिएको हो ।

आश्रमको संरक्षणमा हाल झण्डै एक हजार ५०० जना बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त भएकाहरु छन् । कुनै पनि अन्तर्राष्ट्रिय दातृनिकायसँगको साझेदारी बिना नेपाल सरकारको आंशिक अनुदान र परोपकारी नेपालीहरूको स्वेच्छिक सहयोगमा आश्रमले देशभरबाट उद्धार गरिएका सहयोगापेक्षीको सेवा गर्दै आएको छ ।

कुनै भरपर्दो स्थायी श्रोत नभएको आश्रमको वर्तमान अवस्थामा विपत् वा भवितव्यका कारण एक हप्तामात्र पनि सहयोग प्राप्त नहुँदा उत्पन्न हुनसक्ने दुराबस्थालाई मध्यनजर गर्दै भरपर्दो कोष निर्माण गर्न पनि यस कार्यक्रम आयोजना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कुनकुन सहरमा हुँदैछ कन्सर्ट ?
बृहत्तर रुपमा आयोजना हुने उक्त नेपथ्य लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट सुरू गरिने छ ।

मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि (सेक्टर २) मैदान, १२ गते पोखरा रङ्गशाला हुँने छ । कन्सर्टको अन्तिम कार्यक्रमको रुपमा अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरी बृहत साङ्गीति यात्राको समापन गरिने छ ।

कार्यक्रम बैंक तथा वित्तीय संस्थाहरू, ब्यापारिक घराना, नेपाल सरकारका तीनै तह र संभावित कार्यक्रम सौजन्यकर्ता र दाताहरूमाझ पुग्ने गरी गृहकार्य भइरहेको छ । यस मानवीय सेवाको अभियानमा सघाउन चाहने व्यक्ति वा संस्थालाई आव्हान गरिएको संस्थाका प्रवक्ता सुमन बर्तौलाले बताउनुभयो ।

विगत तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि सक्रिय नेपथ्य ब्याण्ड नेपाल लोकप्रिय ब्याण्ड हो ।

यसले ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर शान्त नेपाल’, जस्ता नारा बोकेर सामाजिक अभियानलाई आत्मसाथ गर्दै आइरहेको यस ब्याण्ड नेपालभित्र देशका विभिन्न सहरहरूमा ५० भन्दा बढी र अमेरिका, दक्षिण कोरिया, हङकङ, भारत, इजरायल, बेलायत, अस्ट्रेलियालगायत देशका विभिन्न सहरहरूमा ६० बढी कन्सर्टहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।