२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम निर्वाचन २०७९: को को कलाकार छन् चुनावी मैदानमा



अ+ अ-

काठमाडौँ । मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिभिन्न पार्टी र स्वतन्त्र गरी कलाकारहरु उम्मेदबारका रुपमा मैदानमा आएका छन् ।

गत स्थानीयतहको निर्वाचनमा काठमाडौं महानगर प्रमुख विजयी र्‍यापर बालेन्द्र साह बिजयी भएपछि कलाकार मात्र नभई युवा पुस्ताको राजनीति प्रति आकर्षण बढेको हो । साहले स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौ महानगरपालीका प्रमुखमा बिजयी हुनु भएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थापित कलाकारहरु मैदानमा आएका छन् । जसमध्ये राप्रपा नेतृ एबं अभिनेत्री रेखा थापा प्रतिनिधिसभा सदस्यका लागि मोरङ–३ बाट उम्मेदवार बन्न्नु भएको छ ।

यसै गरी दाङ–३ बाट प्रतिनिधिसभाका लागि एमालेका तर्फबाट गायीका उम्मेदवार कोमल वली उम्मेदवार बन्नुभएको छ अभिनेता तथा निर्माता रोज राणा अर्थात सरोज थापा नेपाली काग्रेसका तर्फबाट प्युठान प्रदेशसभा ‘ख ‘को उम्मेदबार बन्नुभएको छ ।

यसै गरी गायक संञ्जय श्रेष्ठ काठमाडौ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदबार बन्नुभएको छ ।

यसै गरी गायक मिलन लामा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदबार बन्नुभएको छ ।

यसै गरी , लेखक तथा निर्देशक मनोज पण्डित काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र रुपमा उम्मेदबार बन्नु भएको छ ।

कमेडियन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट धादिङ क्षेत्र नं १मा प्रतिनिधिसभाको उम्मेदबार बन्नुभएको छ ।

टेलिशृंखला ‘सक्किगोनी’ का कलाकार मधुसुदन पाठक (सिते बा), काठमाडौ क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदबार बन्नु भएको छ ।

लेखक युग पाठकले झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।