२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ ।

प्रतियोगितामा जसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकीले एक–एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकमा एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ ।

विधागततर्फ नेपाल आर्मीले महिला/पुरुष डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक स्वर्ण पदक जितेको छ । एपिएफले क्रस कन्ट्रीमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्णपदक जितेको छ ।

बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक/एक स्वर्ण जितेका हो । साइक्लिङको सबै विधा सकिएको छ । साइक्लिङमा चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।