१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका भक्तपुर अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भई हाल चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर लामा र सङ्खुवासभा पाँचखपन–८ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय सुवास भन्ने रविनकिशोर राई छन् ।

उनीहरूको समूहले गत भदौ २५ गते राति ३ बजे बस्नेतको घर कम्पाउण्डको ढोका, घरको मूलढोका र बस्नेत सुत्ने कोठाको ढोकासमेत फोडेर घरका सदस्यलाई पेस्तोल ताकेर डाँका गरेका थिए । सो क्रममा अपहरणको धम्कीसमेत दिइएको थियो । घटनाको बेला बस्नेत काम विशेषले पोखरा गएका थिए ।

प्रहरीले उनीहरूको साथबाट स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, सो पेस्तोलको म्याग्जिन एक थान, गोली दुई राउण्ड, खुकुरी एक थान, फलामको रड एक थानलगायत विभिन्न घरेलु औजार बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।