७ पुष २०८२, सोमबार
,
Latest
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजशास्त्री तथा पहिचानवादी नेता ओम गुरुङको निधन



अ+ अ-

काठमाडौं । समाजशास्त्री तथा आदिवासी जनजाति आन्दोलनको अभियान्ता ओम गुरुङको निधन भएको छ ।

विगत केही वर्षदेखि मृगौलाको समस्यासँग जुधिरहेका गुरुङको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा ७० वर्षको उमेरमा निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा लामो समय मानव शास्त्र र समाजशास्त्रको अध्यापन गराएका गुरुङले केही पुस्तकहरु पनि लेखेका छन् ।

आदिवासी जनजाति महासंघको महासचीव भएर एक कार्यकाल पूरा गरेका गुरुङ नेपालमा चलेको आदिवासी जनजाति आन्दोलनको एक अभियान्ता समेत थिए ।