२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते



अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा उनले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्णपदक जितेका हुन् । दीपकले एपीएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि गोपीचन्द्रको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो ।

सोही स्पर्धामा गोपीचन्द पार्कीले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरे । सोही स्पर्धामा आर्मीकै गजेन्द्र राई तेस्रो भए । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।

त्यस्तै एथलेटिक्सको चार सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दूरी एक मिनेट ०४।१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । आफ्नै नामको कीर्तिमान सुधार गरेकी जयरानीले यसअघि ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७ दशमलब दुई सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सोही स्पर्धामा एपीएफकी भागीरतीकुमारी थारुले एक मिनेट छ दशमलव छ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् भने एपिएफकै कल्पना श्रेष्ठले एक मिनेट ०६दशमलव ५१ सेकेण्डको समय निकाल्दै कास्य पदक हात पारिन ।
विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिञ्जाली मगर र सूर्यबहादुर खत्रीले नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको हाइजम्पमा स्वर्ण जितेका छन् ।

खगिताले महिलातर्फ तथा सूर्यले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् । सूर्यले एक दशमलव९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले एक दशमलव७५ मिटर जम्प गर्दै रजत जिते । पुलिसका रोशन दनुवारले पनि एक दशमलव ७५ मिटर जम्प गर्दै कास्य जित्न सफल भए ।महिलातर्फ खगिता सिञ्जाली मगरले एक दशमलव५२ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । आर्मीकै विन्दु थनेतले एक दशमलव ५० मिटर जम्प गर्दै रजत जितिन् । गण्डकीकी सिमा श्रेष्ठले एक दशमलव४२ मिटर जम्प गर्दै कास्य जितिन् ।




भर्खरै