१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नगर्न प्रमुख आयुक्तको चेतावनी



file
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानून अनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताबिरोधी गतिविधि ग¥यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराउनु भयो । शुक्रवार आयोग कार्यालयमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भिर बन्न पटकपटक आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘हामी कसैको निगरानी गर्दैनौं । हाम्रो गरिदिनोस् भन्छौं । खबरदारी गरिदिनोस् भन्ने हामीले पटकपटक भनिराखेका छौं । यो निर्वाचनको स्वच्छता, मैले तपाईहरुलाई भनेको छु–हामी निर्वाचन मात्रै गर्दैछैनौं । हामी लोकतन्त्रलाई थप सुदृढ गर्दैछौं । हामी जनताको बहुदलीय प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीलाई अझ मजबुत बनाउने अभ्यासमा छौं ।

तसर्थ, यो अभ्यासलाई कुण्ठित हुने ढंगका र निर्वाचन आयोगलाई खुद्रा मसिना कुरामा अलमल्याएर कतै निर्वाचनको स्वच्छता, भंग गर्न सकिन्छ कि भन्ने दुश्साहस यदी कसैले राखेको छ भने मैले यत भनौं–त्यो दिवा स्वप्न हो । त्यतातिर नलागे हुन्छ । म यहीँबाट हार्दिकतापूर्वक अनुरोध गर्दछु । मैले र हाम्रो टिमले प्रेस काउन्सिल ऐन, २०४८ पनि पढेको छ । प्रेस काउन्सिल गठन भएको छ । र, क्रियाशील भएको छ भन्ने पनि बुझेको छु । प्रेस काउन्सिलले के–के काम गर्छ भन्ने पनि जानेको छ । र, यो बेलामा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित विषयलाई समेत मध्यनजर गरेर प्रेस काउन्सिलले अझै गम्भिरतापूर्वक आफ्नो भूमिका निर्वाह गरिदियोस् भनेर हामी आग्रह गर्दछौं । तर निर्वाचन सम्बन्धि कानूनले कुनैपनि निकायलाई आयोगले निर्देशन गर्नसक्ने अधिकार दिएको छ । हामी त्यसको पालना गर्छौं । प्र्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुनेछैन । आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने प्रयास नगरियोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन कानून र संवैधानिक मूल्यमान्यता बमोजिम निर्वाचनको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायहहरुलाई निर्देशन दिनसक्ने व्यवस्था रहेको पनि स्मरण गराउनु भयो ।