२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: ‘आइटिएफ तेक्वान्दो’का खेलाडी बागलुङमा



अ+ अ-

बलेवा । आजदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘आइटिएफ तेक्वान्दो’मा सहभागी हुन १० समुहका दुई सय ५० खेलाडी बागलुङ बजार आइपुगेका छन् । ‘आइटिएफ तेक्वान्दो’ प्रतियोगिता खेलाउन बागलुङको बाङ्गेचउरमा तयारी भएको छ ।

खेलका लागि सात प्रदेश र तीन विभागीय समूहका खेलाडी बागलुङ बजार आएका हुन् । खेलको औपचारिक उद्घाटन भने शनिबार गर्ने योजना रहेको बागलुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि बागलुङ नगरपालिकाको अगुवाइमा पूर्वाधार निर्माणको काम भइरहेको छ । बागलुङ नगरपालिका–१ को बाङ्गेचउर खेल मैदान नजिककैको कवर्ड हलमा खेल खेलाइने भएको हो ।

खेलका लागि अफिसियलसमेत गरी तीन सय बढीको सहभागिता रहनेछ । तीमध्ये अधिकांश खेलाडी बागलुङ आइसकेको आइटिएफ महासङ्घका सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । खेलस्थलमा झण्डा, व्यानरसमेत टाँगिएको छ । शनिबार उद्घाटन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र भजनसमेत प्रदर्शन गरिने कार्यक्रम छ ।

खेलाडी, खेलसँग सरोकार राख्ने, स्थानीय बासिन्दासमेतले खेल उद्घाटनका दिन बागलुङ बजारमा मार्चपाससमेत गर्नेछन् । सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी नौ वटा टिमका दुई सय ५० खेलाडीले प्रतियोगतामा भाग लिनेछन् । तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने आइटिएफका सचिव राजु खड्काले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ७० केजी र पुरुषतर्फ ५० केजीदेखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गर्ने व्यवस्थापन मिलाइएको छ । खेलका लागि सुरक्षा व्यवस्थासमेत पूरा भएको प्रजिअ रमेश ढकालले जानकारी दिनुभयो ।