• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी



लहान । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहा जिल्लामा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको बर्चस्व रहेको छ ।

जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका उम्मेदवारले जितेको र उनीहरुले जनतामाझ गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको आकलन गर्न सकिन्छ । तर स्वतन्त्र उम्मेदवार राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उनीहरू दाबी गर्छन् ।

सिरहा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार पत्रकार महासङ्घ सिरहाका पूर्वअध्यक्ष देवकुमार यादवले राजनीतिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दलीय जनप्रतिधिले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेकाले आफूले त्यो आवश्यकता पूरा गर्नका लागि उम्मेदवारी दिएको हु ।” आफ्नो चुनावी एजेण्डा नै जनताको आधारभूत आवश्यकता कृषि, स्वास्थ्य, शिक्षा र सरसफाइ रहेकाले दलीय प्रतिनिधिलाई नभएर स्वतन्त्रलाई नै रोज्न मतदातालाई आग्रह गर्नुभयो ।

सिरहा क्षेत्र नं २ बाट नै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएका लेखक, समालोचक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै त्यही दलमा बसेर उनीहरुको विरोध गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कालखण्ड राजनीति पार्टीमा बिताएँ, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न असम्भव भएकाले म स्वतन्त्र भए ।”

प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाको आठ निर्वाचन क्षेत्रका लागि एक सय १९ जनाले उम्मेदवारी दिएका छन् भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिरहाका १२ क्षेत्रमा राजनीतिक पार्टीको भन्दा करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं १ बाट २३ जनाको उम्मेदवारी परेकामध्ये १० स्वतन्त्र र १३ पार्टीका उम्मेदवार छन् । त्यसैगरी क्षेत्र नं २ मा २३ जनाको उम्मेदवारी परेकामा १५ स्वतन्त्र आठ मात्रै पार्टीबाट उम्मेदवारी परेको छ । त्यस्तै सिरहा क्षेत्र नं ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेकामा १४ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । क्षेत्र नं ४ बाट १९ उम्मेदवारमध्ये नौ स्वतन्त्र र राजनीतिक दलका १० जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को (क) बाट १६ को उम्मेदवारी पर्दा छ स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । (ख) बाट १४ उम्मेदवारमध्ये छ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । सिरहा क्षेत्र नं २ को (क) बाट जम्मा १५ जनाले उम्मेदवारी दिएकामध्ये आठ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् । ९ख० बाट १६ जनाको उम्मेदवारी पर्दा नौ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् ।

त्यसैगरी क्षेत्र नं ३ बाट प्रदेशसभा (क) का लागि १८ जनाले उम्मेदवारी दिँदा १३ स्वतन्त्र र पाँच पार्टीका उम्मेदवारी परेको छ । (ख) मा १४ जनामध्ये नौ स्वतन्त्र र पाँच पार्टीका छन् । क्षेत्र नं ४ (क) बाट जम्मा १८ जनाले उम्मेदवारी दिएकामध्ये १० स्वतन्त्र र आठ पार्टीका छन् भने ९
(ख) मा १८ जनामध्ये ११ स्वतन्त्र र सात राजनीतिक पार्टीका उम्मेदवार छन् ।