• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव ★   स्याङ्जामा पहिराेमा पुरिएर तीनजनाको मृत्यु ★   तनहुँमा पहिराेमा परी तीन बेपत्ता ★   एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने ★   रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै ★   पार्टी पंक्तिलाई माधव नेपालको निर्देशन: एमालेसँग विद्रोहको औचित्य पुष्टि भएन भन्नेको प्रतिवाद गर्नूस् ★   मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त ★   काँग्रेसले भन्यो: संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैनौँ ★   ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध ★   रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन्

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु



(सांकेतिक तस्बिर)

सिमकोट । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।

खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो । छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्र्किएको जनाइएको छ ।