४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादवको निधन

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादवको निधन
अ+ अ-

एजेन्सी । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीका संस्थापक समेत रहेका यादवको गुरुग्रामको मेदान्त अस्पतालमा बिहान ८ः१६ बजे निधन भएको हो ।

८२ वर्षीय मुलायम युरिन इन्फेक्सनका कारण २६ सेप्टेम्बरदेखि मेदान्त अस्पतालमा भर्ना भएका थिए । उनका छोरा अखिलेश यादवले ट्विटर ह्यान्डलमा मुलायमको निधनको जानकारी दिएका छन् ।

मुलायमको शवलाई सैफई लगिएको छ, जहाँ उनको मंगलबार दिउँसो ३ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यूपीमा तीन दिनको राजकीय शोक मनाइनेछ ।

अक्सिजनको मात्रा घटेपछि अक्टोबर २ मा मुलायमलाई आईसीयूमा सारिएको थियो । उनलाई पिसाबमा इन्फेक्सन हुनुका साथै रक्तचापको समस्या पनि बढेको थियो । पछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत मुलायम सिंह यादवलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीसँगका धेरै तस्बिर पोस्ट गर्दै लेखेका छन् – ‘म मुख्यमन्त्री हुँदा मुलायम सिंह यादव जीसँग मेरो धेरै कुराकानी भएको थियो । हाम्रो घनिष्ठ संगत जारी रह्यो र म सधैं उहाँका विचारहरूको खोजीमा थिएँ । मुलायमजीको निधनले म दुखी छु । उहाँको परिवार र लाखौं समर्थकहरूलाई मेरो समवेदना। ओम शान्ति ।’

युवावस्थामा कुस्ती खेल्न मन पराउने मुलायम सिंहले ५५ वर्ष राजनीति गरे । मुलायम सिंह २८ वर्षको उमेरमा १९६७ मा जसवंतनगरबाट पहिलो पटक विधायक बनेका थिए । जबकि उनको परिवारको कुनै राजनीतिक पृष्ठभूमि थिएन । ५ डिसेम्बर १९९८ मा, मुलायम पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बने।

त्यसपछि उनी दुई पटक राज्यको मुख्यमन्त्री भए । उनले केन्द्रमा देवेगौडा र गुजराल सरकारमा रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । नेताजी भनेर चिनिने मुलायम सिंह सात पटक लोकसभा सांसद र नौ पटक विधायक निर्वाचित भएका थिए ।