• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादवको निधन



एजेन्सी । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीका संस्थापक समेत रहेका यादवको गुरुग्रामको मेदान्त अस्पतालमा बिहान ८ः१६ बजे निधन भएको हो ।

८२ वर्षीय मुलायम युरिन इन्फेक्सनका कारण २६ सेप्टेम्बरदेखि मेदान्त अस्पतालमा भर्ना भएका थिए । उनका छोरा अखिलेश यादवले ट्विटर ह्यान्डलमा मुलायमको निधनको जानकारी दिएका छन् ।

मुलायमको शवलाई सैफई लगिएको छ, जहाँ उनको मंगलबार दिउँसो ३ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यूपीमा तीन दिनको राजकीय शोक मनाइनेछ ।

अक्सिजनको मात्रा घटेपछि अक्टोबर २ मा मुलायमलाई आईसीयूमा सारिएको थियो । उनलाई पिसाबमा इन्फेक्सन हुनुका साथै रक्तचापको समस्या पनि बढेको थियो । पछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत मुलायम सिंह यादवलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीसँगका धेरै तस्बिर पोस्ट गर्दै लेखेका छन् – ‘म मुख्यमन्त्री हुँदा मुलायम सिंह यादव जीसँग मेरो धेरै कुराकानी भएको थियो । हाम्रो घनिष्ठ संगत जारी रह्यो र म सधैं उहाँका विचारहरूको खोजीमा थिएँ । मुलायमजीको निधनले म दुखी छु । उहाँको परिवार र लाखौं समर्थकहरूलाई मेरो समवेदना। ओम शान्ति ।’

युवावस्थामा कुस्ती खेल्न मन पराउने मुलायम सिंहले ५५ वर्ष राजनीति गरे । मुलायम सिंह २८ वर्षको उमेरमा १९६७ मा जसवंतनगरबाट पहिलो पटक विधायक बनेका थिए । जबकि उनको परिवारको कुनै राजनीतिक पृष्ठभूमि थिएन । ५ डिसेम्बर १९९८ मा, मुलायम पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बने।

त्यसपछि उनी दुई पटक राज्यको मुख्यमन्त्री भए । उनले केन्द्रमा देवेगौडा र गुजराल सरकारमा रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । नेताजी भनेर चिनिने मुलायम सिंह सात पटक लोकसभा सांसद र नौ पटक विधायक निर्वाचित भएका थिए ।