२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा छ पदका लागि ६६ जनाको मनोनयन



अ+ अ-

त्रिशूली । आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि नुवाकोटका प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको चारवटा निर्वाचन क्षेत्रमा ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको छ पदको लागि कूल ६६ उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ को प्रदेश–१ तर्फ सातजना र प्रदेश–२तर्फ दश जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन् । अन्य पार्टी र स्वतन्त्र उम्मेदवारसमेत गरेर कूल १८ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ र नेकपा ९एमाले०का तर्फबाट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद बद्री मैनालीको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन क्षेत्र नं १ को प्रदेश–१ तर्फ सात उम्मेदवारले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराइले जानकारी दिनुभयो ।

उहाँका अनुसार सत्तारुढ गबठन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमती प्रदेशसभाका पूर्वउपसभामुख तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङलाई उठाएको छ । नेकपा (एमाले)ले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस त्यागेर पाटी प्रवेश गर्नुभएका सुशील खड्कालाई उम्मेदवार बनाएको छ ।

नुवाकोटको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएकामा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसले अजुर्ननरसिंह केसीलाई उठाएको छ भने नेकपा (एमाले)ले नारायणप्रसाद खतिवडालाई उठाएको छ ।