१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ
अ अ+ अ-

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् ।

अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् । नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दसैँ पर्व मनाएका हुन् ।

अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन् । नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनियालगायतका क्षेत्रमा नौरथा सुरु भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयानुसार बुधबार टीका र जमरा ग्रहण गरेका हुन् ।

 

पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने सङ्ख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ । एकै स्थानमा ४०–५० को सङ्ख्यामा नेपालीको घर भएका स्थानमा एकापसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ ।

विगत १६ वर्षदेखि न्यूयोर्कमा बस्दै आएका भागवत शर्माले दसैंका लागि भनेर एक महिना पहिला नै आफू काम गर्ने कम्पनीबाट बिदा लिएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक दशकअघिको तुलनामा अहिले दसैँ मनाउने समूह बढ्दै गएको छ । उहाँको अनुभवमा एक दशकअघिसम्म जमरा राख्न पनि गाह्रो पर्ने गरेकामा विगत चार पाँच वर्षयता जमरा राख्न सजिलो भएको र जमघटमा पनि बाक्लो उपस्थिति हुने गरेको छ । यसरी अमेरिका बसोबास गर्ने नेपालीबीच पनि दसैँ मनाउनेक्रम बढ्दै गएको देखिएको छ ।”

शर्मा भन्नुहुन्छ, “पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु । यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ ।”

कोरोना महामारीपछि आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दसँै मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन् । कोरोना महामारीका कारणले आक्रान्त बनेको अमेरिकामा बस्दै आएका नेपालीमा विगतको तुलनामा आपसी सहकार्य र सम्बन्ध पनि वृद्धि हुँदै गएको छ । सय वर्षपछि ठप्प भएको अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ । सायद यसैकारणले होला यसपटकको दसँैमा हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ ।

दसैँका लागि भनेर नेपालबाटसमेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दसैँ मान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन् । उनीहरुले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दसै मान्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

टेक्ससस्थित एक सूचना प्रविधि कम्पनीमा काम गर्नुहुने सविता शर्मा दसँै मान्नका लागि भनेर मेरिल्याण्ड आउनुभयो । उहाँले भन्नुभयो, “हामीहरुको ठूलो परिवार मेरिल्याण्ड राज्यमा बस्दै आएको छ । उहाँहरुसँगै वार्षिक बिदाका लागि निवेदन दिएर बिदा स्वीकृत गराइ दसैँ मनाउन मेरिल्याण्ड आएकी हुँ । हामीहरुले हाम्रो भाषा, संस्कृतिलाई जगेर्ना गर्न सक्याँै भने मात्र भावी पिँढीसम्म नै यस्ता चाडपर्व स्थापित हुन सक्छन् । त्यसैले पारिवारिक वातावरणमै दसैँ मनाउनु भावी पिँढीका लागि एउटा मार्गनिर्देशन पनि हो ।”

काममा सधै व्यस्त रहनुपर्ने भएकाले एकअर्कासँग भेटघाट गर्न र परिवारसँग समय बिताउन चाडबाडले महत्वपूर्ण सेतुको काम गरेको छ । एक राज्यबाट अर्को राज्यमा पुग्न घण्टौँको सडक यात्रा तथा हवाई यात्रालाई समेतलाई प्रवाह नगरी नेपालीको चहलपहल हुनु आफँैमा संस्कृति जगेर्नाको गतिलो उदाहरण पनि हो । त्यसो त दसैँको मौका पारेर विभिन्न राज्यमा रहेका स्थानीय सामुदायिक सङ्घसंस्थाले सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका छन् ।

केही समय अगाडि पेन्सल भेनियाको ह्यारीसवर्गमा आयोजित दसैँ, तिहार मिट एण्ड ग्रिट कार्यक्रममा सहभागी हुनुभएका गायक रामकृष्ण ढकालले दर्शकलाई नेपाली गीतबाट मनोरञ्जन प्रदान गर्नुभएको थियो । नेपाली पोशाकमा देखा परेका नायक, नायिका, गायक गायिकाको बाक्लो उपस्थितिले नेपालीपनको झल्को मात्र प्रदान गरेन, भाषा, संस्कृतिको जगेर्नाका लागि दोस्रो पुस्तालाई जानकारी पनि गरायो ।

अध्ययनका लागि अमेरिका आउनुभएकी अङ्किता अग्रवाल अमेरिकामा रहेका नेपाली समुदायको दसैँ प्रतिको श्रद्धाले आफूलाई निकै खुसी तुल्याएको बताउनुहुन्छ । उहाँले यहाँका मन्दिरमा राखिएको जमरा, समुदायमा समन्वय गरेर लगाइएको टीकाले आफूलाई नेपालमै छु कि अमेरिकामा भन्ने छुट्याउन गाह्रो भएको अनुभवसमेत सुनाउनुभयो । टेक्सस, भर्जिनिया, मेरिल्याण्डमा रहेका नेपाली सामुदायिक केन्द्र, मन्दिरमा मानिस लाइन लागेर टीका ग्रहण गरेका दृश्य आफँैमा निकै रोचक थिए नै । यसैले अङ्कितालाई आफू नेपालमै त छैन भन्ने अनुभूति गराउनु स्वाभाविकै हो ।

अध्येताका अनुसार नेपालबाट अमेरिका आएका नेपालीको उपस्थिति सन् १९९५ बाट बढ्न थालेको हो । विस्तारै डाइभर्सिटी भिसाका माध्यमबाट आउनेको सङ्ख्या बढ्दै जाँदा र हरेक वर्ष झण्डै १० हजारको सङ्ख्यामा आएका विद्यार्थीका कारण अमेरिकाको भूमिमा पनि दसैँ मान्न र मनाउने परिपाटी वृद्धि हुँदै गएको छ । भर्जिनिया, पेन्सल भेनिया मेरिल्याण्डमा नेपालीले नै सञ्चालनमा ल्याएका बाख्रा फार्मका कारणले दसैँका बेला काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढलगायतका स्थानमा देखिने खसी बजारको झल्कोसमेत अनुभूत गर्न सकिन्थ्यो । तर बलि नै दिन भने यहाँको कानूनले बर्जित गरेको छ । यहाँका स्थानीय केही ग्रोसरी स्टोरलेसमेत खसीको मासु बिक्री गर्ने भएकाले दसैँमा मांशाहारीका लागि थप सजिलो भएको थियो ।

वर्ष दिनमा आउने दसैँमा मीठोमसिनो खाने, राम्रो लगाउने भन्ने विगतका परम्परा एवं भनाइलाई पछिल्ला वर्षमा विदेशमा आएर बस्न थालेकाले पनि आफ्ना भावी सन्ततिसम्म पु¥याउन सकेको देखिन्छ । आफ्नो कला र संस्कृतिको जगेर्ना कसरी गराउने भन्ने विषय उनीहरुले आफ्ना सन्ततिलाई यस्तै चाडबाड एवं परम्पराको जगेर्नाबाट पनि सिकाउन सक्दछन् ।

दसैँ पर्वलाई नै लक्षित गरेर मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले गत वर्षको संसद् अधिवेशनमा दसैँ विधयेक पेस गर्नुभएको थियो । उहाँले पेस गर्नुभएको विधयेक मेरिल्याण्ड राज्यको तल्लो सदनले पास गरेर माथिल्लो सदनमा पेस भएको छ । आगामी नोभेम्बरमा निर्वाचित हुने माथिल्लो सदनले उक्त विधयेक पास गरेको खण्डमा अमेरिकाभरीमा दसैँ नेपालीको पर्व हो भनेर कानूनी मान्यता प्राप्त गर्ने मेरिल्याण्ड पहिलो राज्य हुनेछ । अनेकतामा एकता सांस्कृतिक पर्वको विशेषता भने झैँ अमेरिकामा पनि दसँै पर्वले विस्तारै नेपाली आप्रवासीको महत्वपूर्ण पर्वका रुपमा मान्यता पाउँदै गएको देखिन्छ ।

वडादसैँको अवसर पारेर अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले शुभकामना सन्देश सम्प्रेषित गर्नुभएको छ । उहाँले सन्देशमा संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्नुभएको छ ।

रासस