१२ पुष २०८१, शुक्रबार
,
Latest
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै सरकार जनमुखी भएर चल्न सकेनः सम्मानित नेता खनाल स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत तेह्र सय फरार प्रतिवादी पक्राउ उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुको विकल्प स्वतन्त्र हुन सक्दैन: डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ ।

अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो । उहाँले सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताउनु भयो । उहाँले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले नेताहरु जसरी पनि संसदमा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको बताउनु भयो । उहाँले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सक्रिय राजनीति गर्ने मान्छेले चुनाव नलड्ने यो नै रोचक प्रश्न हो । किनकी राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रिकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा छ । राजनीति भनेको समाज रुपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म हो । त्यसका निम्ति सत्ता, चुनाव भनेका ति एउटा मध्येको साधन हो । त्यो मात्रै होइन । विभिन्न ढंगले जनपरिचालन, जनदबाब, जनचेतना जघाउने र राज्यका अंगहरुका विकृति, विसंगति छन् त्यसलाई हटाउने, लोकतन्त्रका अपूर्णता जस्ता कुराहरुलाई सुधार गर्ने आदिको निम्ति सदनबाट आवाज उठाउने एउटा पक्ष हो । मुख्य पक्ष भनेको सडकबाट, जनस्तरबाट जनअभियान सञ्चालन गर्ने कुरा हो । र सरकारमा गएर गर्ने भनेको त एक्ज्युकेटिभ फङ्शन मात्रै हो । त्यसैले यि तीनवटा कुराको समुचता राजनीति हो । तर हामीकहाँ जसरी पनि संसदमा पुग्ने र जसरी हुन्छ, पाएसम्म मन्त्री र कार्यकारी हुने भन्ने जुन प्रवृत्ति आयो । यसले देशमा ठूलो विकृति, विसंगति ल्यायो । लोकतन्त्रलाई आघात ग¥यो भनेर नै मैले अलि पहिलेदेखि नै हामीले यसमा सुधार गर्नुपर्छ । र हामी पटक–पटक लामो समयदेखि सांसद भएका, कार्यकारी भुमिकामा रहिराखेका मान्छेहरुले त्यो मात्रै राजनीति हो भन्नु हुँदैन । हामीले सदन बाहिरबाट, सरकार बाहिरबाट गर्ने जुन कर्म हो । त्यो पनि राजनीति हो भन्नुपर्छ भन्दै आएको थिएँ । त्यही क्रममा नै मैले अलि पहिलेदेखि सोच्दै आएको थिएँ । अब यो उपयुक्त बेला हो । मैले नै पहल गर्नुपर्छ भनेर मैले गरेको हुँ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू पार्टी काममा भने निरन्तर रहने बताउनु भयो । उहाँले आफू समाजवादी धार बनाउन क्रियाशिल हुने पनि बताउनु भयो । उहाँले राज्यका अंगहरुमा भइरहेको भ्रष्टिकरण, शासकीय स्वरुपमा परिवर्तन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा आफू संसदबाहिरको सबै ठाउँबाट क्रियाशिल हुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले गरिबी र बेरोजगारीको समस्या समाधानमा सुधार गर्न पनि आफूले आवाज उठाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बाबुराम भट्टराईलाई तपाईंले जनताको बीचमै देख्नुहुन्छ । म त्यसमै क्रियाशिल भइराखेको हुन्छु । हामीले एउटा नयाँ वैकल्पिक राजनीतिक धार, समाजवादी धार निर्माण गर्ने हाम्रो प्रयत्न पनि जारी छ । नेपालको पिछडिएको अर्थ सामाजिक संरचना, भूराजनीति यो सबैलाई सम्बोधन गर्नको निम्ति हामीले समावेशी सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवादी धार उपयुक्त हुन्छ भन्ने कुरामा हामी सोचले लागेका छौँ । म पार्टीमा सक्रिय हुन्छु । म पार्टी निर्माण गर्ने क्रममा, यो राजनीतिक अभियानलाई अगाडी बढाउने कुरामा एकापट्टी सक्रिय हुन्छु । अर्कोपट्टी देशको मुख्य समस्या भनेको गरिबी र बेरोजगारी नै हो । पीछडिएको आर्थिक, सामाजिक संरचना नै हो पहिलो । दोस्रो राज्यका अंगहरुमा जुन खालको भ्रष्टिकरण, विकृतिकरण आएको छ, त्यसलाई सुधार गर्ने कुरा छ । तेस्रो कुरा लोकतन्त्रको अपूर्णता, शासकीय स्वरुप नेपालमा जुन हामीले चलाएका छौँ । मिश्रित प्रकारको संसदीय व्यवस्था जस्तो । त्यसले गर्दाखेरी राजनीतिक स्थिरता दिँदैन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद चाहिन्छ भन्ने कुरा मैले शुरुदेखि भनेको थिएँ । त्यो विषयमा मैले आवाज उठाउँछु । र चौथो कुरा जुन जटिल भूराजनीति छ । खासगरी भारत, चिनका बिचमा हामी छौँ । विश्व महाशक्तिहरुको पनि यहाँ चासो छ । त्यस्तो अवस्थामा एउटा राष्ट्रिय नीति हामीले लिएर कसरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने भन्ने जुन कुरा छन् । यि विषयमा म निरन्तर क्रियाशिल हुन्छु र तपाईंहरुले मलाई संसद बाहिरका सबै स्थानमा तपाईहरुले पाउनुहुन्छ ।’

भट्टराईले आफूले संसदीय निर्वाचनमा उम्मेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पार्नुभयो । आफूले कुनै च्याखे नथापेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘छिटो भन्दा छिटो कसरी यो देशलाई मध्यमस्तरसम्म पु¥याउने त भन्ने मेरो परिकल्पना हो । त्यसो भएको हुनाले म सक्रिय ढंगले लाग्छु । कुनै पदलाई बार्गेनिङ गर्नको लागि यो च्याखे थापेको भन्ने कसैले बुझ्छ भने अत्यन्त पीछडिएको चेतना हो । त्यसबारे मेरो भन्नु केही पनि छैन ।’

उहाँले आफूले छोरी मानुषी यमी भट्टराईको लागि ठाउँ खालि गर्नका लागि सो निर्णय नगरेको पनि स्पष्ट पार्नुभयो । छोरी काठमाडौंबाट निर्वाचनमा उठ्ने उहाँले बताउनु भयो । छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नयाँ त भनिराखेको छ मान्छेले विचार सहितको नयाँ पुस्ता आइराखेको छैन । त्यसैले विचार सहितको नयाँ पुस्ता आओस् भन्ने त मेरो चाहाना छ । त्यो भनेको मेरो छोरी भन्ने मात्रै अर्थ लाग्दैन । हाम्री छोरी पनि जतिबेला उनी सचेत भइन् आफ्नै स्वेच्छाले आन्दोलनमा उनी लागिन् । उनी ३७ वर्ष भईन् । करिव २२ वर्ष त उनको आफ्नै राजनीतिक जीवन भइसकेको छ । र उनी आफैँ स्थापित छन् । हाम्रो छोरीको रुपमा उनलाई चिनाउनु पनि जरुरी छैन । त्यसकारण त्यसमा सत्य छैन । दोस्रो मेरो निर्वाचन क्षेत्र गोरखा, हिसिलाजी त काठमाडौंको हो । वास्तवमा छोरी त हिसिलाजीको छोरी बढी हो काठमाडौंको हिसावले भन्दा । त्यसैले उनी काठमाडौंमा लडिराखेकी छन् भने मैले उनको निम्ति छोड्नुपर्ने त्यहाँ कुनैपनि कारण छैन । यसमा सत्यता छैन ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सत्तारुढ गठबन्धनमै रहेको बताउनु भयो । निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म गठबन्धनकै अंग छु अहिले । त्यो राम्रो होस् । सफल होस् । कमसेकम प्रतिगमनतिर देश नजाओस् । संविधानबाट प्राप्त उपलब्धि छन् त्यो नगुमुन् भन्नेमा म छु । मेरो शुभकामना यो गठबन्धन कायम रहनुपर्छ । यसले चुनावमा विजय हासिल गरोस् भन्ने मेरो शुभकामना ।’

उहाँले समकक्षी नेताहरुलाई लोभ, लालच नगरीकन नयाँ पुस्तालाई अगाडी ल्याउन आग्रह गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले राष्ट्रिय मुद्दाहरुमा दलहरुका बीचमा एकरुपता कायम गर्नुपर्ने बताउनु भयो । उहाँले दलहरुको विकल्प स्वतन्त्र हुन नसक्ने भन्दै दलका कमजोरी दलबाटै हटाउनुपर्ने र नेताको कमजोरी राम्रो नेताले हटाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानको निम्ति मैले जनअभियानको नेतृत्व गर्छु । त्यसको पहल गर्छु । मेरो समकक्षी मेरो पुस्ताका साथीहरुलाई मेरो आग्रह छ, हामीले यत्रो त्याग र बलिदान गरेर यहाँसम्म यो व्यवस्था ल्यायौँ । तर अब हामीले लोभ, लालच नगरीकन यो प्रणालीमा सुधार गर्ने र नयाँ ढंगले पुस्तान्तरण गरेर नयाँ पुस्तालाई अगाडी ल्याउने र देशमा एउटा सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनताका मुद्दा यसमा राष्ट्रिय सहमती बनाउने । त्यो दिशातर्फ जानुपर्छ । राष्ट्रिय रुपमा मुद्दाहरुमा एकरुपता कायम गर्ने, बहुदलीय प्रतिष्पर्धा नै हुनुपर्छ । त्यसको विकल्प छैन । कतिपयले अहिले स्वतन्त्र भन्ने लहर आइराखेको छ । स्वतन्त्र भन्ने कुरा हुँदैन दुनियाँमा । आखिर दल नै हो । दलका कमजोरी दलबाटै हटाउनुपर्छ । नेताका कमजोरी राम्रो नेताले हटाउनुपर्छ । दलको विकल्प व्यक्ति हुन सक्दैन । त्यस अर्थमा पनि म यो अभियानमा लागिराख्छु । नो भोटको व्यवस्था पनि हुनुपर्छ । राम्रो दल र राम्रो नेता आउनुप¥यो । दलको विकल्प व्यक्ति भनेर जाँदाखेरी त्यसले अराजकता मात्रै ल्याउँछ ।’

उहाँले पूर्वप्रधानमन्त्रीहरुलाई पटक–पटक सांसद बन्ने अपेक्षा नराख्न भन्दै पूर्वप्रधानमन्त्रीहरुले निर्वाचनमा नउठि पार्टीभित्रको राजनीतिक कामहरु गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी पूर्वप्रधानमन्त्री भइसकेका मानिसहरुले आफ्नै पार्टीभित्र राजनीतिक कामहरु गर्ने नि । अरु साथीहरुलाई संसदीय दलको नेताहरुमा अगाडी सार्ने त्यो पनि गर्न सकिन्छ । दलहरु बिग्रनुको पछाडी खासगरी कम्युनिष्ट, समाजवादी पार्टीहरुमा सत्ताभन्दा जनपरिचालन र पार्टीको काम प्रमुख हो भन्ने हुन्छ । तर हामी सबै सत्तामा जाँदा बिग्रियो ।’

डा. भट्टराईले पुरानै शासकिय प्रणाली सही थियो भन्ने भ्रममा युवा पुस्ता पर्नु नहुने बताउनु भयो ।