१४ मंसिर २०८१, शुक्रबार
,
Latest
एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य उपनिर्वाचनः चुनावको भोलिपल्टै सबै ठाउँको नतिजा आउने रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषको डिभोर्स प्रधानमन्त्री ओली लुम्बिनीमा बागमती नदीमा छाडियो मेलम्चीको पानी इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते भारतीय डन लरेन्स विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी प्रकरणमा शिल्पा शेट्टी–राज कुन्द्राको घरमा छापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुहरुको गुनासो



अ+ अ-

काठमाडौँ । बडादशैंमा घर फर्किने यात्रुहरुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन् ।

काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन । ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । उहाँले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिनु भयो ।

कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दशैंमा घर जान नै नसकिने अवस्था आएको बताउनु भयो । उहाँले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

केही यात्रुहरु भने टिकट नपाएपनि बसको क्याविनतिर बसेर घर जाने तयारी थिए । टिकट पाउनै गाह्रो भएकाले क्याविनतिर बसेर घर जाने तयारीमा आफू रहेको नेपालगंजकी दिलमाया खत्रीले बताउनु भयो । उहाँले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरुले दुःख पाएको प्रतिक्रिया समेत दिनु भयो ।

बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन ।