२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने २० गते नेपाल आइपुग्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । सन्दीपले सामाजिक संजालमार्फत आफू २० गते(अक्टुबर ६)मा नेपाल आइपुग्ने बताएका हुन् ।

२० गते नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने सन्दीपले जनाएका छन् ।

‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्‍याउँछु । सबै कानून निकायहरू र सम्मानित अदालतहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दै म छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु ।’ सन्दीपले भनेका छन् ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप सम्पर्कविहीन छन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।