६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन आर्ट फेस्टिभलः १३० भन्दा बढी कलाकारको कलाकृति -फोटो फिचर



अ+ अ-

काठमाडौं । वडादसैंको अवसर पारेर  इ–आर्ट्स नेपालले आयोजना गरेको हिमालयन आर्ट फेस्टिभल सकिएको छ ।

सन् २०१७ देखि सुरु गरिएको प्रदर्शनीको पछिल्लो पाँचौं संस्करणमा १३० भन्दा बढी कलाकारको कलाकृति प्रस्तुत गरिएको थियो । नेपाल कला परिषद्, बबरमहलमा आयोजित कला महोत्सवमा नेपालको कला परिदृष्यको बारेमा चेतना जगाउने र नेपाली लगानीकर्तालाई कलामा लगानी गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको थियो ।

महोत्सवमा बरिष्ठ देखि हालको पुस्ताका नेपाली कलाकारहरुको कलाकृतिहरु प्रस्तुत गरिएको थियो । चार दिने प्रदर्शनीमा चित्रकलाका साथै मूर्तिकला, इन्स्टलेसन आर्ट, एचिङ्ग तथा परम्परागत पौभा कला, फोटोग्राफीहरुलाई समावेश गरिएको थियो ।

प्रदर्शनीमा कलाकारहरुमा शशी शाह, किरण मानन्धर, शशिकला तिवारी, हरिप्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, इरिना ताम्राकार, बृहस्पति प्रधान, विधाता केसी, सागर मानन्धर, उदय बज्राचार्य, सविता डंगोल र इशान परियारका सृजनाहरु राखिएका थिए ।

प्रदर्शनीमा वरिष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रहरू विशेष कलाकृतिका रूपमा प्रदर्शन गरिएको थियो । वरिष्ठ कलाकार शर्माको चित्रकलालाई विशेष रुपमा प्रदर्शनी गर्दै उहाँको कलायात्रा, कला सिर्जना अन्तरगत काठमाडौंको सामाजिक, सांस्कृतिक इतिहासलाई जीवन्त रुपमा चित्रमा उतारिएको लुम्बिनीको अशोक स्तम्भ जस्ता धार्मिक कथन र ऐतिहासिक पक्षलाई समेत समेटिएको कला प्रर्दशन गरिएको थियो ।