४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

हिमालयन आर्ट फेस्टिभलः १३० भन्दा बढी कलाकारको कलाकृति -फोटो फिचर

हिमालयन आर्ट फेस्टिभलः १३० भन्दा बढी कलाकारको कलाकृति -फोटो फिचर
अ+ अ-

काठमाडौं । वडादसैंको अवसर पारेर  इ–आर्ट्स नेपालले आयोजना गरेको हिमालयन आर्ट फेस्टिभल सकिएको छ ।

सन् २०१७ देखि सुरु गरिएको प्रदर्शनीको पछिल्लो पाँचौं संस्करणमा १३० भन्दा बढी कलाकारको कलाकृति प्रस्तुत गरिएको थियो । नेपाल कला परिषद्, बबरमहलमा आयोजित कला महोत्सवमा नेपालको कला परिदृष्यको बारेमा चेतना जगाउने र नेपाली लगानीकर्तालाई कलामा लगानी गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको थियो ।

महोत्सवमा बरिष्ठ देखि हालको पुस्ताका नेपाली कलाकारहरुको कलाकृतिहरु प्रस्तुत गरिएको थियो । चार दिने प्रदर्शनीमा चित्रकलाका साथै मूर्तिकला, इन्स्टलेसन आर्ट, एचिङ्ग तथा परम्परागत पौभा कला, फोटोग्राफीहरुलाई समावेश गरिएको थियो ।

प्रदर्शनीमा कलाकारहरुमा शशी शाह, किरण मानन्धर, शशिकला तिवारी, हरिप्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, इरिना ताम्राकार, बृहस्पति प्रधान, विधाता केसी, सागर मानन्धर, उदय बज्राचार्य, सविता डंगोल र इशान परियारका सृजनाहरु राखिएका थिए ।

प्रदर्शनीमा वरिष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रहरू विशेष कलाकृतिका रूपमा प्रदर्शन गरिएको थियो । वरिष्ठ कलाकार शर्माको चित्रकलालाई विशेष रुपमा प्रदर्शनी गर्दै उहाँको कलायात्रा, कला सिर्जना अन्तरगत काठमाडौंको सामाजिक, सांस्कृतिक इतिहासलाई जीवन्त रुपमा चित्रमा उतारिएको लुम्बिनीको अशोक स्तम्भ जस्ता धार्मिक कथन र ऐतिहासिक पक्षलाई समेत समेटिएको कला प्रर्दशन गरिएको थियो ।