४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

“बचत गरौं” अभियानलाई निरन्तरता दिदैै ग्लोबल आइएमई बैंकको “दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना”

“बचत गरौं” अभियानलाई निरन्तरता दिदैै ग्लोबल आइएमई बैंकको “दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना”
अ+ अ-

काठमाडौँ । “बचत गरौं” भन्ने मूल उद्देश्यका साथ विगत देखिनै ग्लोबल आइएमई बैंकले अभियान संचालन गर्दै आएको छ । यसैलाई निरन्तरता दिदैं बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रुपमा (अन्तिम त्रैमास बाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको दुई गुणा दुई वर्षमै प्राप्त गर्न सकिने छ । यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात रु १०,००० रहेको छ । कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर उदाहरणको लागि कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखी “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत खाता खोल्दो हरेक तीन महिनामा रु १०,००० को दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ ।

यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दती निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछ । यस योजनाले साना व्यवसाय गर्ने, नोकरीे एवं निश्चित आय भएकाहरुलाई निरन्तर बचत गर्ने बानी प्रोत्साहन गर्न उपयुक्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।