२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य निर्धारण गरेको छ ।

यस मैत्रीपूर्ण खेलका लागि भिआइपीतर्फ १ हजार र पाँच हजार तथा साधारण तर्फ प्रति टिकट ५ सय रुपैयाँ तोकिएको छ ।

एन्फाले भिआइपीतर्फका सिमिति सिटको प्रति टिकटको मुल्य ५ हजार सम्म तोकेको हो । ८० वटा सिट ५ हजार टिकटका लागि छुट्याइएको बताइएको छ । यो मूल्य हालसम्मकै महँगो रहेको छ ।

यसअघि २०७७ चैतमा भएको थ्री नेसन्स कपको फाइनलमा भिआइपीतर्फ २ हजार र साधारणतर्फ १ हजार रुपैयाँको टिकट दर तोकिएको थियो ।

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल भोलि साँझ दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ ।