६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिद्यार्थीलाई दशैँको महत्वबारे व्यावहारिक ज्ञान, संस्कार संस्कृतिमा रमाए -फोटो फिचर



अ+ अ-

काठमाडौं । बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु भएको छ ।

दशैँलाई बडा दशैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड पनि हो। त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।

काठमाडौँको द एक्सेल्सियर स्कूलले विद्यार्थीहरुलाई दशैँ मनाउने विधिबारे व्यावहारिकरुपमै ज्ञान दिएको छ । विद्यार्थीहरुमा दशैँको महत्वबारे जानकारी दिन पनि व्यावहारिक ज्ञान दिएको स्कुलले बताएको छ ।

सो क्रममा विद्यार्थीहरुलाई बडा दशैँको पहिलो दिन घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गर्ने विधि सिकाइएको थियो ।

स्कुलले जमरा राख्ने, साथै पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गराइएको थियो । यसक्रममा विद्यार्थीहरुलाई भगवती दुर्गा र बटुक बनाएर नवरात्रभर गरिने दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गराइएको थियो ।

फूलपाती अर्थात महासप्तमीका दिन गरिने बिधि देखी महाअष्टमीमा मार हान्ने विधिअन्तर्गत स्कुलले कुभिण्डो मार हानेर प्रदर्शन गरिएको थियो । विद्यार्थीहरुले दुर्गा देवीले कसरी दैत्यहरु शुम्भ र निशुम्भको बध गरेकी थिइन् भनेर नाटकमार्फत प्रदर्शन गरेर देखाएका थिए ।

अहिले सामाजिक सञ्जालमा रमाइरहने विद्यार्थीहरुलाई दशैँजस्तो चाडपर्वको मौलिकता कसरी कायम गर्न सकिन्छ र कसरी रमाइलो गरी दशैँ मनाउन सकिन्छ भन्ने उद्देश्यले व्यावहारिक ज्ञान दिइएको स्कूलले बताएको छ ।

आफ्नो धर्म, कला र संस्कृतिबारे विद्यार्थीलाई रुचि जगाउन पनि यस्ता व्यावहारिक ज्ञान विद्यार्थीहरुलाई दिनुपर्ने विद्यालयका प्रधानाध्यापक प्रशान्त रजकले बताउनुभयो ।