५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयलाई अध्यक्ष तिमिल्सिनाको पत्र , पदाबधि सकिएको सभामुखले दिएको निर्देशन नमान्नु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेख्नु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल समाप्त भएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासचिव गौतमलाई पत्र लेख्दै कार्यन्वयन नगर्न निर्देशन दिनुभएको हो ।

पत्रमा प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी दर्ता हुने दिनसम्म रहने ब्याख्या गर्दै तिमिल्सिनाले महासचिवलाई लेखेको पत्रमा लेखिएको छ संविधान, प्रचलित कानुन र अभ्यासअनुरुप पदावधि मान्नुपर्ने र त्यस आधारमा सभामुख र उपसभामुखको कार्यकाल सकिएको अबस्था छ ।

तिमिल्सिनाले प्रतिनिधिसभा सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो कि होइन भन्दै निर्वाचन आयोगलाई पत्र समेत पठाउनु भएको छ ।