१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह

आचारसंहिता इमान्दारीपूर्वक पालना गर्न/गराउन प्रतिबद्ध छौँः सरकार र दल

आचारसंहिता इमान्दारीपूर्वक पालना गर्न/गराउन प्रतिबद्ध छौँः सरकार र दल
अ अ+ अ-

काठमाडौँ । नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने प्रतिबद्धता जाहेर भएको छ ।

निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि प्रतिबद्धता लिएको हो ।

प्रतिबद्धतापत्रमा भनिएको छ, “संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, प्रदेशभा सदस्य ऐन र निर्वाचन आचारसंहिता, २०७९ भएका प्रावधानहरु इमान्दारीका साथ पालना गर्न गराउन हामी प्रतिबद्ध छौँ ।”

प्रतिबद्धतापत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आयोगले जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सङ्घीय समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीलाई प्रतिबद्धता पत्रमा हस्ताक्षरका लागि आमन्त्रण गरेको थियो । निर्वाचन आचारसंहिता केही दिनभित्रै जारी गर्ने तयारी भइरहेको सन्दर्भमा आयोगले राजनीतिक दललाई बोलाएर प्रतिबद्धता लिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरुबाट निर्वाचन आचारसंहिता पालना गर्ने गराउने विषयमा प्रतिबद्धता जाहेर भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता पोखरेलले निर्वाचन आयोगले जारी गर्न लागेको निर्वाचन आचारसंहिताका विषयमा केही सुझाव दिनुका साथै प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

राजनीतिक दलले निर्वाचन प्रचारप्रसारको समय अपुग हुने भएकाले केही समय बढाउन माग गरेको बताइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेश भइसकेको छ भने पहिलो हुने निर्वाचित हुनेतर्फ भने यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन कार्यक्रम छ ।

प्रतिनिसभा सदस्य २७५ र प्रदेशसभा सदस्यतर्फ ५५० सिटका लागि निर्वाचन हुन लागेको हो ।