५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगी संक्रमणमा ध्यान दिनुपर्ने डा रवीन्द्र पाण्डेको २० टिप्स



अ+ अ-

काठमाडौँ । स्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले डेंगी रोगको संक्रमणमा ध्यान दिनुपर्ने २० वटा टिप्स दिनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा डेंगी भएमा आफ्नै मनले औषधि सेवन नगर्न सल्लाह दिँदै आफूखुशी औषधि सेवन गर्दा ज्यानैसमेत जानसक्ने खतरा रहने बताउनुभएको छ ।

डा पाण्डेले दिनुभएका २० टिप्स यस्ता छन् :

१. ज्वरो तथा दुखाइका लागि फ्लेक्सन, ब्रुसेट, निम्सलगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तस्राव गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइका लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।

२. बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ ।

३. अधिकांश संक्रमितलाई बान्ता हुने र वाकवाकी हुने हुन्छ । धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन् । यो निकै घातक हुन्छ । जति धेरै झोलिलो तथा पोषिलो खायो त्यति नै छिटो निको हुन्छ । मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ ।

४. द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नुपर्दैन ।

५. मेवाको पात जथाभावी नखानुहोला । यसले डेंगी निको गर्दैन । प्लेटलेट्स कमी भएमा चिकित्सकको सल्लाहअनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ । प्लेटलेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ ।

६. दाल, जाउलो, गेडागुडीको रस, दूध, नरम खाना, फलफूल ९मेवा, किवी, अनार, जुनार, स्याउ, नरिवलको पानी, मालभोग केरा, काँक्रो०, हरियो सागसब्जी, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ ।

७. शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ । सादा पानी, जीवनजल, कागती पानी पटकपटक पिउनु पर्दछ ।

८. एक दिन बिराएर प्लेटलेट्स चेक गर्नुपर्दछ ।

९. नाक, मुख, गिजा, छाला, मलद्वार, मुत्रद्वार आदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानु पर्दछ ।

१०. बान्ता, पखाला, एलर्जी आदिका लागि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ ।

११. खाना र पानी प्रशस्त पेलेमा डेंगीलाई सजिलै जित्न सकिन्छ । यसको मृत्युदर निकै कम भएकाले आत्तिनु पर्दैन ।

१२. डेंगीमा धेरै मुख बार्नु पर्दैन । पच्ने खाना खान सकिन्छ । पिरो, मसलादार खाना, घ्यू, बोसो, अल्कोहल नखानुहोला । धेरै गुलियो नखानुहोला ।

१३.डेंगीको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ । १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन ।

१४. ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केही दिन रहन्छ । नआत्तिनुहोला औषधि र खानपिनले निको हुन्छ ।

१५. आराम गर्नुहोला । शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला ।

१६. दाँत ब्रस नगर्नुहोला । मंजन औंलामा राखेर दांत सफा गर्नुहोला ताकी घाउ नहोस् ।

१७. डेंगी सँगै बसेर सर्दैन । तपाईंलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेंगी सर्दछ । तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला ।

१८. चिकित्सकको सिफारिसबिना पारासिटामोल बाहेक कुनै पनि औषधि नखानुहोला ।

१९. लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला ।

२०.खोज र नष्ट गर अभियानका लागि लामखुट्टे हुर्किने र प्रजनन हुने ठाउँ अर्थात् पानी हटाउने, औषधि छर्किने गर्नुहोला ।