६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछामका बाढीपहिरो पीडितलाई भिसिएनको सहयोग



अ+ अ-

काठमाडौं ।अछामका बाढीपहिरो पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ ।

बाढीपहिरो पीडित करिब ५० परिबारलाई सोर्स एक्सन हङकङ चाईनाको आर्थिक सहयोगमा  भिसिएनले राहत सामग्री उपलब्ध गराएको हो । बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो । बाढी पहिरो गएलगत्तै प्रभाबित क्षेत्रमा पुगी सहयोग सामग्री उपलब्ध गराएको हो ।

संस्थाका अध्यक्ष दिपक चापागाईका अनुसार तुर्माखण्ड र ढकारी गाउँपालिकामा ५० घरपरिवारको लागी राहत वितरणको लागी आबश्यक सामग्री पठाईएको छ ।

भिसिएनले दाल,चामल,भाडाकुडा,कम्बल,साबुन,बाल्टी,जग,सोलार बत्ती,ब्रस,त्रिपाल,नुन तेल लगायतका सामग्री सहयोग गरेको हो ।

असोज १ गते गएको पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरो गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए ।