१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम

जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम
फाईल फोटो
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान भगाउन रातभर जाग्राम बस्न थालेका छन् ।

स्थानीय किसानको खेतबारीको पाक्दै गरेको धानबाली खाने र कुल्चेर हात्तीको बथानले नोक्सान गर्न थालेपछि हात्ती भगाउन रातभरि जाग्राम बस्नु परेको हो । चुरे क्षेत्र नजिकका बस्तीमा पसेर किसानको धानबालीमा क्षति पु¥याउँदै आएको हात्तीको बथान वर्षा कम हुदै जादा जिल्लाको तल्लो समथर भूभागमा झरेको छ ।

गए रातिमात्रै हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ का दुई गाउँका किसानको झण्डै तीन बिघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पु¥याएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार गए राति मात्रै हात्तीको बथानले गर्जमुनि र खजुवाका गरी २२ जना किसानको धानबालीमा क्षति पु¥याएको छ । एक जना किसानको पाँच कट्ठादेखि दश कट्ठासम्मको धान बालीमा क्षति गरेको छ ।

साँझ पर्नै लाग्दा धान रोपेको खेतमा आएको हात्तीको बथानले पेटभर खाएर मात्रै राति अबेर निकुञ्जमा फर्किएको स्थानीय बासिन्दा जयराज पाण्डेयले बताउनुभयो । “धानबाली जोगाउनकै लागि रातभरि जाग्राम बस्यौँ” उहाँले भन्नुभयो, “पटाका पड्काएर र आगो बालेर मात्रै हात्ती फर्किए, निकै नोक्सानी भएको छ ।” थोरै जग्गा भएका किसानको पूरै धानबाली हात्तीले नोक्सान गरेपछि बर्षभरी खान धान बजारबाट खरिद गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

गत महिनामात्रै शुक्लाफाँटा नगरपालिका–७ का एकजना बालिकाको हात्तीले ज्यान लिएको थियो । तीन वर्षदेखि हात्तीको बथानले नगरपालिका क्षेत्रमा लगातार किसानको बालीनाली र मानवीय क्षति गर्दै पु¥याउदैआएको छ । भदौ महिनादेखि हात्तीको बथानले नगरपालिको चुरे क्षेत्रका किसानको मात्रै ३० बिघा बढी जग्गाको धानबालीमा क्षति पु¥याएको छ ।

हात्तीको बथान दैनिक बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । हात्तीकै डरले रातिको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा हिँडडुल गर्नसमेत बन्द गरेका छन् । वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले हात्ती नियन्त्रणका लागि भरपर्दो कार्यका लागि निकुञ्ज कार्यालय, नगरपालिका, प्रदेश र केन्द्रमा माग गरिएको बताउँनुहुन्छ ।

“प्रत्येक वर्ष हात्तीले बालीनालीमा नोक्सान गर्नुका साथै स्थानीय किसानको घर भत्काउने गरेको छ, हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छु, हालसम्म अश्वासन पाइएपनि हात्ती नियन्त्रणका लागि कार्य अगाडि बढेका छैनन्”, उहाँले भन्नुभयो । बस्तीमा छुट्टाछुट्टै बथान बनाएर आउने जङ्गली हात्तीले प्रत्येक वर्ष बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चाँदनी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले लगाएको बालीनालीमा बढी क्षति पु¥याउदै आएको छ ।

बर्सातका बेला चुरे क्षेत्रमा रहने हात्तीको बथान वर्षा सकिएसँगै चुरेभन्दा तल्लो तराई क्षेत्रमा झरेर वितण्डा मच्चाउने गर्दछ । धानबाली काटिएपछि हात्तीको बथान भारतीय दुधुवा नेशनल पार्कतर्फ लाग्ने गरेको छ । पुनः गहुँबालीमा बाला लाग्नैलाग्दा पुनः यहाँ फर्केर नोक्सान गर्ने गरेको छ ।