११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

गठबन्धनले नागरिकताको विषयलाई हतियार बनाएर एमाले बिरुद्ध षडयन्त्र रच्यो: महासचिव पोखरेल(भिडियोसहित)

गठबन्धनले नागरिकताको विषयलाई हतियार बनाएर एमाले बिरुद्ध षडयन्त्र रच्यो: महासचिव पोखरेल(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

बिहीवार एमाले केन्द्रिय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताउनुभएको हो । उहाँले गठबन्धलेरुपमा नागरिकताको विषयलाई षडयन्त्रका रुपमा एमाले बिरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको आरोप लगाउनु भयो ।

महासचिव पोखरेलले नागरिकताका विषयमा एमालेको स्पस्ट घारणा रहेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताउनु भयो । उहाँले अहिले नागरिकतामा वैवाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूको बारेमा अरु देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरुले नै अवरोध गरेको उल्लेख गर्नुभयो । महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको जिकिर गर्नुभयो ।

उहाँले जन्मसिद्ध सन्तानको हक स्थापित गर्नखोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप पनि लगाउनु भयो । उहाँले गठबन्धनले अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा आउने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ । सत्तागठबन्धनले नागरिकताको विषयमा एमालेलाई रोक्ने हतियारको रुपमा हेरेको छ । नेकपा एमाले नागरिकताको विषयमा सधैँ स्पष्ट छ । नेपाली नागरिकहरुले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने सुनिश्चितताको लागि अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला अध्यादेशको माध्यमबाट नागरिकता पाउनबाट वञ्चित भएका थिए ।’

‘उनीहरुको हकलाई सुनिश्चित गर्न एमालेको सरकारले अध्यादेश जारी गरेको थियौं । त्यसलाई रोक्नेहरुले अहिले एमालेले अवरोध सिर्जना गरेको प्रचार गर्दैछन् । राष्ट्रपतिको नागरिकता जस्तो संवेदनशिल विषयलाई समयमा नै सम्बोधन गर्नुपर्छ भन्ने सन्देशको उपेक्षा गर्ने सरकारले गणतन्त्रमाथि प्रहार गरेको थियो । गणतन्त्रको प्रतिक भनेको राष्ट्रपति हो । राष्ट्रपतिका सन्देशहरुलाई उपेक्षा गर्ने पाँच दलिय गठबन्धनले राष्ट्रको हीतको नेतृत्व गर्न सक्दैन भन्ने कुरा बुझ्न जरुरी छ । अहिलेको वहसको विषय भनेको वैवाहिक अंगिकृतको विषय हो । अंगिकृत नागरिकताको विषयमा नेपाली चेलीहरु भारतमा गएर जति वर्ष नागरिकता पाउन समय कुर्नुपर्छ नेपालमा आउनेहरुले पनि केही समय कुर्नुपर्छ ।’

‘नेपाली चेलीहरुको हकको विषयमा बोल्न सक्नुपर्छ सत्ता गठबन्धन । आफ्ना चेलीहरुको हकको विषयमा बोल्न नसक्ने पाँच दलिय गठबन्ध बाहिरबाट आउनेहरुको विषयमा वहस गर्छ । विवाहको लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एशियामा कहाँ छ ? छिमेकीहरूले गरेको प्रवन्धमा एमाले छलफल गर्न तयार रहेको र समान व्यवस्था पक्षमा एमाले रहेको छ । पाँच दलिय सत्ता गठबन्धन सम्पूर्ण रुपमा असफल भएको छ ।’

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताउनु भयो । उहाँले पाँच दलीय गठबन्धन सम्पूर्ण रुपमा असफल भइसकेको दाबीसमेत गर्नुभयो ।