१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको अवसरमा रोट्र्याक्ट कलब अफ भिमादको दीप प्रज्वलन



अ+ अ-

तनहुँ । तनहुँको रोट्र्याक्ट कलब अफ भिमादले आठौं संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

सोमबार साँझ भिमादको लखन चोकमा क्लबद्वारा नेपालको चुच्चे नक्शा र झण्डा अंकित दीप प्रज्वलन गरिएको हो ।

उक्त अवसरमा भिमादका सरोकारवाला, स्थानीय एवं क्लबका सदस्यहरुले संविधान जारी भएको सात वर्ष पूरा भएकोमा खुसीयाली साटासाट गरेका थिए । सोमबार देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि संविधान दिवस मनाइएको थियो ।