१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा संविधान जलाउने ५ जना प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँस्थित माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको बेला प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

संयुक्त जनआन्दोलन मोर्चाको आह्वानमा माइतीघरमा संविधान जलाएर विरोध गरिएको थियो ।

आगामी मंसिर ४ को निर्वाचन बहिष्कारको आह्वानसहित उनीहरूले ७२ को संविधान नमान्ने बताएका छन् ।