११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह

नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह
अ अ+ अ-

काठमाडौं, २ असोज । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेर उक्त विधेयकले नेपाली नागरिकहरु नै लोपोन्मुख अवस्थामा पुग्ने भन्दै संशोधनको माग गरेको हो ।

नेपालको दिर्घकालिन हित र राष्ट्रिय सुरक्षा सम्बन्धमा विज्ञहरु सम्मिलित नागरिकता आयोग गठन गरी सम्पुर्ण नागरिकता छानबिन सहितको प्रतिवेदनका आधारमा मात्र नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न परिषदले माग गरेको छ ।
मुलुकमा वैवाहित अंगिकृत र जन्मको आधारमा नागरिकता वितरण गर्नु र त्यसमा कुनै पनि सर्तसमेत नराखिनुमा जनसंख्याको राजनीतिक दुस्चक्रमा फस्ने परिषदले ठहर गरेको छ ।

बसोबास तथा जन्मको आधारमा समेत नागरिकता वितरण खुल्ला गर्दा रोहिङ्गा, भुटानी र तिब्बती शरणार्थीहरुबाट पनि जन्मिने सन्ततीले समेत सहजै नेपाली नागरिकता पाउने अवस्था हुने परिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इतिहासकार डा.प्रेमसिंह बस्न्यातले देशमा बाह्रबुँदे सम्झौता पछि राष्ट्र घात हुँदै आएको बताएका छन् । देशमा गरिबीको संख्या उल्लेख्य रहेको भन्दै मुलुकमा गरिब उन्मुलन हुन कम्युनिष्टको उन्मुलन हुनुपर्ने टिप्पणी गरे । उनले भने,“जहाँ कम्युनिष्ट रहन्छ, त्यहाँ गरिब नभइकन कम्युनिष्ट रहदैन कम्युनिष्टको नाममा १२ बुंदेपछि निरन्तर राष्ट्र घात हुँदै आएको छ ।”

फरक प्रसंगमा बोल्दै डा.बस्न्यातले मुलुकमा भएका न्यायपालिका, कार्यपालिका र व्यवस्थापालिका भिन्न अंग भएको भन्दै त्यसमा कसैले केही गर्न नसक्ने धारणा राखे ।

यसैगरी, पूर्व जनरल चीनिया बहादुर बस्नेतले ३ करोड नेपालीहरुको देशमा सबैको समान अधिकार भएको धारणा राखेका छन् । ‘देश सबैको साझा सम्पत्ति हो’ भन्दै उनले २/४ जनाले देश डुबाएको आरोप लगाए ।

नेपालका सिमानामा ३ सय भन्दा बढी स्थानमा अतिक्रमण भएको बारे नेतृत्वले त्यसको विषयमा एक शब्द पनि नबोलेकोमा उनले आपक्ति जनाए । उनले भने,“लिपुलेक,लिपियाधुरा, कालापानी विदेशीले लिएपनि त्यसको बारेमा कोही बोल्दैनन् अब त देश नै बेच्न लागे ।” देश सम्हालेका नेतृत्वहरु पैसामा मरिहत्ते गरेको भन्दै उनले नेताहरुले विदेशीको गुलाम गर्न पनि तयार भएको बताए ।

नागरिकता विधेयकबारे बोल्दै उनले उक्त विधेयकले नेपालीलाई ध्वस्त बनाउन खोजेको टिप्पणी गरे । विधेयक फिर्ता गराउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले खुट्टा नकमाउन आग्रह गरे । उक्त विधेयक तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, पूर्व एआईजी रविराज थापाले राष्ट्रपति, प्रधानमन्त्री जोसुकैले पनि सबैभन्दा पहिला नेपाली हु भन्ने सम्झन पर्ने बताए । नेपाली नै नरहे केही पनि बाँकी नरहने उनको भनाइ थियो । संसदबाट दुईपटक पारित गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक नेपालीको अस्तित्वको संकटसँग जोडिने उनले बताए ।

यसबाट पैसा हुने विदेशीले नेपालमै सम्पत्ति किनेर नेपाली माथि नै अधिकार जमाउने उनले टिप्पणी गरे ।

यसैगरी, डा.द्वारिकानाथ ढुंगेलले देश निर्वाचनमा गइरहेको अवस्थामा सरकारले नागरिकता विधेयक फिर्ता गर्नुपर्ने धारणा राखे । रातारात संसदबाट उक्त विधेयक पारित गरे नागरिकतामाथि खेलवाड गरेको उनले आरोप लगाए ।

सरकारलाई विधेयक फिर्ता गर्न आग्रह गर्दै आफुहरुले राष्ट्रपति भण्डारीसमक्ष देश हितमा नरहेको बारे ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले नेपालकै जसले नागरिकता पाउनुपर्ने व्यक्तिहरुले अझैपनि नागरिकता नपाएको दुखोसो पोखे । परिषदले जारी गरेको प्रेश विज्ञप्ती अध्यक्ष कोमल बहादुर राउतले वाचन गरेर सुनाएका थिए ।