काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् ।
बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताएका हुन् ।
‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ, उनले भने ।’
उनले एमालेको मात्रै देशको विकासमा अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरेका छन् ।