२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यकः प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको १० औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले सरकार विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि प्रयत्नरत रहेको बताउनु भयो । उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागि आह्वान गर्नुभयो । उहाँले विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा विशिष्ट परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति, वैज्ञानिक आधुनिकीकरणका साथै समाजको परिवर्तन गरी अघि बढ्न आवश्यक छ । विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ । यस क्षेत्रमा सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागिसमेत आह्वान गर्न चाहन्छु । विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध छौँ । देशमा बढी भन्दा बढी वैज्ञानिक जनशक्ति उत्पादन गर्ने वातावरण निर्माण गर्न सरकारले जोड दिँदै आएको छ ।’

प्रधानमन्त्री देउवाले राष्ट्रिय विज्ञान दिवसले देशमा विज्ञान र प्रविधिको क्षेत्रलाई बिस्तार गर्न थप सहयोग पुग्ने विश्वास गरेको बताउनु भयो ।