११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

‘सर्वोच्चले कानूनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदको’

‘सर्वोच्चले कानूनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदको’
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानूनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले सांसदहरुको जिम्मेवारी गुणस्तरीय कानून निर्माण गर्नु भएको बताउनु भयो ।

उहाँले सांसदहरुले निर्माण गरेका कानूनको सर्वोच्च अदालतले ठिकसँग कार्यान्वयन गरे/नगरेको सम्बन्धमा निगरानी गर्ने दायित्व
पनि सांसदहरुकै भएको बताउनु भयो । उहाँले समृद्ध नेपाल बनाउनका लागि विकास निर्माणको कामको महत्वपूर्ण भुमिका हुने पनि उल्लेख गर्नुभयो ।

सभामुख सापकोटाले नीति निर्माण सँगसँगै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘सांसदको जिम्मेवारी भनेको कानून निर्माणको हो । गुणस्तरिय कानून निर्माणको हो । त्यसका साथसाथै हामीले निर्माण गरेका गुणस्तरिय कानूनहरुको ठिक ढंगले कार्यान्वयन भएको छ कि छैन, सर्वोच्च अदालतले पनि ठिक ढंगले त्यसलाई ग्रहण गरेर, ठिक ढंगले कार्यान्वयन गरेको छ कि छैन ? निगरानी गर्ने दायित्व पनि हाम्रै नै हो । यो समितिको कामलाई मैले विशिष्ट भन्नुको अर्थ छ, जस्तो राष्ट्रिय गौरवको आयोजनाहरु, अहिले हामी समृद्ध नेपालको महान कार्यमा अगाडी बढिरहेका छौँ । त्यो कार्यको कुरा गर्दा विकास निर्माण नै हो ।’

‘राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि तपाईहरुले अध्ययन गर्नुभएको छ । नीति निर्माण हामीले गर्छौं । योजना निर्माण पनि महत्वपूर्ण कुरा हो । तर त्यो भन्दा कयौँ गुणा बढी महत्वपूर्ण कुरा कार्यान्वयनको हो । हाम्रो चुनौती कार्यान्वयनको हो । त्यो चुनौतीलाई तपाईहरुले स्वीकार गरेर तपाईहरुको क्षेत्रबाट, समितिबाट जति गर्न सक्नुपथ्र्यो त्यति गर्नुभएको छ । विकास निर्माणको कुरा गर्दाखेरी सार्वजनिक खरिद ऐनको गुणात्मकता नहुँदाखेरी, वैज्ञानिकता नहुँदाखेरी धेरै ठूला असरहरु परेका छन् । छिद्र खोजेर कन्ट्रयाक्टरहरुले राम्रोसँग काम नगरेको बेलामा यस सम्बन्धमा पनि तपाईहरुले राम्रोसँग काम गर्नुभएको छ भन्ने मलाई लाग्छ ।’

सभामुख सापकोटाले सार्वजनिक खरिद ऐनमा छिद्र खोजेर कन्ट्रयाक्टरहरुले राम्रोसँग विकास निर्माणको काम नगरेको अवस्थामा काम गराउनका लागि विकास तथा प्रविधि समितिले भुमिका खेलेको भन्दै समितिको कामको प्रशंसा समेत गर्नुभयो ।