काठमाडौं। राष्ट्रियसभाका सदस्य खिमलाल देबकोटाले राजनीति स्थीरताका लागि निर्बाचन नै उत्तम बिकल्प भएको जनाउनु भएको छ । देबकोटाले संसदमा परमादेशको रोईलोबाहेक अरु खासै केही पनि नसुनिएको र प्रदेश संसदको स्थिती पनि प्रायः यस्तै भएका कारण अलिकती राजनीति संङलिए पछि चुनावमा जाँदा नै बेश हुने जनाउनु भएको हो ।
उहाँले लेख्नु भएको छ- संसदमा परमादेशको रोईलोबाहेक अरु खासै केही पनि सुनिदैन । प्रदेश संसदको स्थिती पनि प्राय यस्तै नै हो । अलिकती राजनीति संङलिएपछि चुनावमा जाँदा नै बेश होला । पाँच दलीय गठवन्धनलाई चुनावमा बहुमत ल्याउन खासै गाह्रो नहोला । मेरो विचारमा यो गठवन्धले चुनावमा दुई तिहाई भन्दा पनि अधिक जनादेश ल्याँउछ । हुन त तत्कालीन प्रधानमंत्री केपी शर्मा ओलीले दुई तिहाई वहुमत ल्याउछु भनेर दुई-दुई पटक संसद विघटन गराएका थिए । प्रचण्ड बहुमत ल्याएर मूलढोकाबाट नै छिर्छु भनेर संसदमै बोलिपनि सके । उनको ईच्छा पनि पुरा गरौ । चुनावमा नै जाऔ । तर चुनावका लागि केही आधारभूत शर्त राजनीतिक दलहरुका बीच सहमती, न्यूनतम कानूनहरुको तर्जुमा, संसदमा विचाराधीन विधेयकहरुको अनुमोदन र सबै नागरिकहरुलाई कोभिड– १९ को खोप पुरा हुन जरुरी छ ।