४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

राजनीतिक दलहरुलाई पुजाको खुला पत्र

राजनीतिक दलहरुलाई पुजाको खुला पत्र
अ+ अ-

सबै राजनीतिक दलहरु कुनै न कुनै उदेश्य लिएर नै मैदानमा आएका हुन् । सबै राजनीतिक दलहरुको आ–आफ्नै विचार आ–आफ्नै उदेश्य आ–आफ्नै एजेन्डा छन्।

तर पनि प्रतिस्पर्धाको दौडानमा अगाडि पुग्नकै लागि राष्ट्रियतालाई नै लात हान्न सक्ने राजनीतिक दलहरु पनि हामिले नदेखिएको हैन।

विभिन्न राजनीतिक दलहरुमध्ये कुनै दल देशको लागि केही सकारात्मक परिवर्तन नै गर्छु भन्ने उदेश्य लिएर आएका होलान्, कुनै दल पदीय लोभमा एकातिर पद नपाए नयाँ दल नै बनाएर भए पनि राम्रो पद लिएर आगामी यात्रा तय गर्छु भन्ने उदेश्य लिएर आएका होलान् , कुनै दल यता नेतृत्व दिन्छन् भने यतै बस्छु नत्र त्यता दिनि भा त्यतै जान्छु भन्ने उदेश्य लिएर आएका होलान्, कुनै दल नागरिकता र देश नै बेच्न परे पनि बेच्छु तर प्रतिस्पर्धामा म नै अगाडि हुनपर्छ भन्ने उदेश्य लिएर आएका होलान्…

तर उदेश्य त उदेश्य नै होनि कि कसो…?
कुनै राम्रा दलमा नराम्रो नेतृत्व र कुनै नराम्रा दलमा राम्रो नेतृत्व नि हुन सक्छ है फेरि…

सानैबाट राजनीतिमा अलि बढि नै चासो राख्ने भएर होला चुनाव आउदै गर्दा मनमा खुलदुल खुलदुल हुन्छ..
हाम्रो क्षेत्र बाट कस्ले टिकट पाउला त?
त्यो पार्टीले कस्लाई टिकट देला त?
अनि यो पार्टीले फेरि कस्लाई देला?
हैन.. नेतृत्वमा त युवा नै आए पनि हुन्थ्यो नि..
किन? पार्टीले युवालाई नपत्याएकै हो र?

हैन हौ भिजन लिएर युवा आयो भने त केही अरुले भन्दा नयाँ त पक्कै गर्छ।…
हो अँ ठ्याक्कै यस्तै कुरा मनमा खेल्दा रैछन्…
हुन त उमेर पुगेका बा आमा हजुरबुबा हजुरआमाको पनि आ–आफ्नो पार्टीमा ठुलो देन होला ठुलो भुमिका होला, झ्याप्प पार्टी अरुलाई सुम्पिन पनि गाह्रो होला…

तर अब नेतृत्वमा छोराछोरी नाति नातिनीलाई राखेर आफूले यसो गर बा.. उसो गर बा.. भनेर पछाडि बसेर साथ सहयोग सल्लाह दिए पनि हुदैन र?

पञ्चायतलाई लखेटेनौं होला, राणाशासन अन्त्य गर्दा उपस्थित भएनौं होला, माओवादि द्वन्द भोगेनौं होला, राजाशासन अन्त्य गर्दा उपस्थित भएनौं होला…
ए बाबा…, जन्मेकै थिएनौ त कताबाट उपस्थित हौँ त?
तर पुर्खाले उठाएको पुर्वजले बनाएको धरातल त पक्कै भत्काउदैनौं नि..

बाले आफ्ना सन्तानलाई ‘त यो घरमा जन्मेको होस यो घर तैले बनाको होइनस है’ भन्न पनि त मिलेन नि हैन र?
छोराछोरीले बाउको विरासत यो हो यस्तो हो अब म पनि यहि गतिमा जानुपर्छ है भन्ने कुरा राम्रोसँग बुझेको हुन्छ।
के हाम्रा अग्रजले ल मलाई पनि बुढेसकाल लाग्यो अब घरको तालाचाबी तेरो जिम्मा है बाबू/नानि भन्न मिल्दैन र?

यो संसार विविधतायुक्त र बहुप्रकृतिको छ, विभिन्न देश, महादेश, विभिन्न ठाँउको हावापानी कहाँ सधै एकैनाशको हुन्छ र?
मानिस हरु बसोबास गर्ने समाज पनि फरक फरक ढंगले विकसित भएको हुन्छ। यो प्रणालिलाई कुनै पनि शक्तिले, कुनै पनि विचारले, कुनै पनि संगठनले सधै एउटै ढाँचामा मात्र राख्छु भन्ने कुरा सम्भव छ र?

आज देशको हरेक कुनाले युवा बोलिरहेको छ, आज देशको हरेक क्षेत्रले युवा बोलिरहेको छ, आज देशको हरेक नागरिकले युवा बोलिरहेको छ भने तँपाईहरुले युवालाई नै मौका दिदा के फरक पर्ला र? एउटा स्वतन्त्र युवा चुनावमा उठेर चुनाव जित्छ र काम गर्न सक्ने आट राख्छ भने… विभिन्न राजनितिक दलका युवाहरुको त विरासत बोकेको ईतिहास छ?? के तपाईहरु युवालाई मौका दिनुभयो भने तपाईँका युवा पछि हट्लान् र???