४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

भारतमा बाइकमा आएका २ व्यक्तिले हाइवेमै ११ जनामाथि गोली चलाउँदा एकको मृत्यु, अन्य घाइते

भारतमा बाइकमा आएका २ व्यक्तिले हाइवेमै ११ जनामाथि गोली चलाउँदा एकको मृत्यु, अन्य घाइते
अ+ अ-

एजेन्सी । भारतको बिहारस्थित बेगुसरायमा मंगलबार साँझ ६ बजे नेशनल आइवे २८ मा मोटरसाइकल सवार दुई व्यक्तिले गोली चलाएका छन् ।

दुवै आतङ्ककारीले ३० किलोमिटरको दायराभित्र गोलीबारी जारी राखेका थिए । ती आतंककारीले बाटोमा जो आयो उसैलाई गोली प्रहार गर्दा ११ जनालाई गोली लागेको छ ।

गोली प्रहारबाट पञ्चायत समिति सदस्य अमित कुमारको मृत्यु भएको छ भने निजी फाइनान्सका कर्मचारीसहित १० जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भारतमा अमेरिकाजस्तै यस्तो सामूहिक गोलीबारी भएको सायद यो पहिलो घटना हो ।

प्रहरीले समस्तीपुरबाट २ जनालाई पक्राउ गरेको छ । भाजपाले आज बेगुसराय बन्दको आह्वान गरेको छ । केन्द्रीय मन्त्री गिरिराज सिंहले नितिश कुमारको राजीनामा मागेका छन् । एसपीले यस विषयमा प्रहरीको लापरवाही स्वीकार गरेका छन् भने ७ प्रहरी निलम्बित भएका छन् ।

एनएच २८ मा, कालो हेलमेट र सेतो शर्ट लगाएका एक व्यक्ति मोटरसाइकलमा सवार थिए, पछाडि बसेका युवकले निर्मम रूपमा गोली चलाइरहेका थिए । दुवै आक्रमणकारीले ४० मिनेटमा ३० किलोमिटरसम्म गोली हानेका थिए । यस क्रममा उनले ११ जनालाई गोली हाने ।

यसैबीच, समस्तीपुरको उजियारपुर प्रहरीले मंगलबार राति राष्ट्रिय राजमार्ग–२८ स्थित बहिरा चोक नजिकै सवारी चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुईजना लुटेरालाई पक्राउ गरेको छ । दुवैको साथबाट पेस्तोल र भारी कारतूस बरामद भएको छ । दुवैको उमेर २५–२६ वर्षको हाराहारीमा छ ।

बेगुसरायमा यी दुईले गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सोधपुछका क्रममा दुवैले गोली चलाएको घटनाबाट आफूलाई टाढै राखेका छन् । दुवै बेगुसराईका बासिन्दा रहेको बताइएको छ ।